काठमाण्डु, ३० जेठ – दोस्रो संविधानसभा निर्वाचनका क्रममा भएको धाँधली छानबीन गर्न व्यवस्थापिका संसदबाट संसदीय विशेष समिति गठन भएको छ । एमाओवादी लगायत केही मधेशवादी दलले मतदान सम्पन्न भइसकेपछि अदृष्य धाँधली भएको आरोप लगाउदै छानबीन समितिको माग गरेका थिए । छानबीन समिति गठन हुनुपर्ने भन्दै...
काठमाण्डु, ३० जेठ – बौद्धनाथ चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि शुक्रबार प्राणप्रतिष्ठा गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिले करिब छ महिना अघि जीर्णोद्धार सुरु गर्दा अज्ञान र बाध्यतावश चैत्यको टुप्पामा कुल्चन परेकामा दोष मुक्तिका लागि क्षमा पूजासहित सो प्राणप्रतिष्ठा गरेको हो । औतारी धर्मगुरु...
काठमाण्डु, ३० जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालत काठमाडौमा आरोपपत्र दर्ता गरेको छ । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार निगमको प्रबन्धक (आठौ तह)मा कार्यरत श्रीवास्तवले बढुवा प्रयोजनका लागि...
काठमाण्डु, ३० जेठ – महिला अधिकारकर्मीले महिला हिंसासम्बन्धी घटनाका बारेमा प्रशासनले मुद्दा दर्ता गर्न नमानेको गुनासो गरेका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घद्वारा आज उपत्यकामा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा महिलामाथि भइरहेको हत्या, हिंसा, अपहरण, बलात्कारका घटनाका मुद्दा प्रहरी प्रशासनले...
काठमाण्डु, ३० जेठ – संविधानसभामा १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिकले अनिवार्य सैनिक तालिम लिने वा नलिने भन्ने असहमतिको विषयलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले शुक्रबार सहमतिमा परिणत गरेको छ । सो समितिका सभापति बाबुराम भट्टराईले सहमति पश्चात सामाजिक संजाल फेसबुक मार्फत यस्तो...
काठमाण्डु , ३० जेठ – संविधानसभाको आजको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमाथि छलफल भएको छ । तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्तमध्ये सहमति र असहमतिका विषयको निक्र्योल सम्बन्धी प्रतिवेदन २०७१ र सो सँग सम्बन्धित पूरक प्रतिवेदनमाथि छलफल जारी रहेको छ...
काठमाण्डु , ३० जेठ – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । अध्यक्ष दाहालले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । केही दिन...
काठमाण्डु, ३० जेठ– डाटा चोरी गरेको विषयमा आफ्नै कार्यालयका दुई कर्मचारीलाई सोधपुछ मात्र गरिएको घटनालाइ अतिरञ्जित गरिएको एसइए इन्सिटच्युड थापाथलीले जनाएको छ । पूर्व क्षेत्र प्रहरी प्रमुख डिआइजी नवराव सिलवालको नाम जोडेर गरिएको उक्त प्रचार सरासर झुट भएको सो इन्सिच्युटका सञ्चालकले बताए । अपहरण...
काठमाण्डु, ३० जेठ –विगत १२ दिनदेखि स्थगित हुँदै आएको व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । दिउसो ३ बजे बोलाइएको आजको बैठकमा पूर्वबजेट छलफल हुनेछ । अर्थमन्त्री रामशरण महतले पुर्वबजेट छलफलको प्रस्ताव यसअघिको बैठकमै गर्नुभएको थियो । पुर्वबजेट छलफलका लागि जेठ १६ गते बोलाइएको बैठक...
काठमाण्डु, ३० जेठ –आगामी असार १० देखि १५ गतेसम्म हुने भनिएको नेकपा–माओवादीको राष्ट्रिय सम्मेलन केही दिन पर सर्ने सम्भावना बढेको छ । सदस्यता नवीकरणको अभिलेख जिल्लाबाट अझै केन्द्रमा आइनसकेको, संविधानसभा उपनिर्वाचन बहिष्कारलगायतका कारणले तयारी नपुग्ने भएकाले सम्मेलन केही दिन पर सर्ने अवस्था आएको हो...
कञ्चनपुर, ३० जेठ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् । प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भने “मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डो¥याउने हो ।” नवौँ राष्ट्रिय महाधिवेशनको...
प्रकाश सिलवाल काठमाण्डु, ३० जेठ– दुर्गमका सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुनु अनौठो होइन तर काठमाडौँ उपत्यकाभित्रकै एक निजी (संस्थागत) विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएका कारण तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाइएको पाइनु आश्चर्यको विषय हुन सक्छ । महाराजगन्जस्थित स्किम उच्चमावि–कलेजमा कक्षा १० मा...