समाचार

नरभक्षी चितुवा मारियो

२०७१ जेठ २९ गते ७:२६

अर्घाखाँची, २९ जेठ – बिहिवार बिहान मानिसको बच्चा खाने बाघ खोज्ने क्रममा प्रहरीले सदरमुकाम सन्धिखर्कमा एक चितुवा मारेको छ । सन्धिखर्क नगरपालिका वडा नं १ बागी खोलामा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दीपेन्द्र जिसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीन राउन्ड गोली प्रहार...

बलात्कारी छिमेकी फरार

२०७१ जेठ २९ गते ७:१३

राजविराज, २९ जेठ – सप्तरीमा एक युवक आफ्नै छिमेकी नौ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका छन् । तिलाठी गाविस–७ का २१ वर्षीय राजीव झाले बालिकालाई जबरजस्ती नियन्त्रणमा लिएर बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आफन्तको घरबाट विवाहमा उपस्थित...

अवैध कुखुरा र चल्ला बरामद

२०७१ जेठ २९ गते ६:२२

परासी, २९ जेठ – भारतबाट अवैधरुपमा नवलपरासीको सदरमुकाम परासी ल्याउँदै गरेको करिब चार लाख मूल्य बराबरको ब्वायलर कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बरामद गरेको छ । चार हजार चल्ला र ब्वायलर कुखुरा साइकलमा ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक विष्णुहरि...

एड्स सङक्रमितको सङ्ख्या बढ्दो

२०७१ जेठ २९ गते ६:०४

बाँके, २९ जेठ – एक वर्षयता यस जिल्लामा १५ जना एड्स सङक्रमितको मृत्यु भइसकेको छ । आर्थिक वर्ष ०७० र ०७१ को पुस मसान्तसम्ममा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सोही अवधिमा जिल्लाभर गरी जम्मा ४२ जना एड्स सङ्क्रमित...

शैलजा आचार्यको पाँचौ स्मृति दिवश मनाइदै

२०७१ जेठ २९ गते ४:१८

काठमाण्डु, २९ जेठ –नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको पाँचौं स्मृति दिवस मनाईदैछ । कांग्रेस नेतृ कोइरालाको पाँचवर्ष अघि आजकै दिनमा निधन भएको थियो । ६५ बर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । अल्जाइमर्स र निमोनियाबाट पीडित आचार्यको उपचारको क्रममा निधन भएको थियो...

गर्मीका कारण दुईजनाको मृत्यु

२०७१ जेठ २९ गते ३:२३

कञ्चनपुर, २९ जेठ – गर्मीका कारण यहाँ दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चाँदनी–६ का जोटी कोली र भीमदत्तनगरपालिका–५ वनखेत खाद्य मिलमा काम गर्ने मजदुर डडेल्धुराका मानबहादुर टेरको बुधबार मृत्यु भएको हो । काम गर्दागर्दै बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा...

बालश्रमिक विरुद्धको दिवस मनाईंदै

२०७१ जेठ २९ गते ३:१७

काठमाण्डु, २९ जेठ –बालश्रमिक बिरुद्धको दिवस अन्र्तराष्ट्रिय बालश्रमिक बिरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ । दिवसका अवसरमा बालश्रम विरुद्धमा जनचेतना जगाउने उद्देश्यले राजधानी लगाएत देशभरका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् । श्रम विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको...

करेन्ट लागेर एक जनाको मृत्यु

२०७१ जेठ २९ गते ३:११

काठमाण्डु, २९ जेठ – नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित यु.डि.ई.सि.ओ.प्रालिमा कार्यरत कृष्णबहादुर बिकको वाईरिड. गर्ने क्रममा तार सर्ट भएर करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । देवचुली नगरपालिका वडा नं १२ लक्ष्मीपुर निवासी २८ वर्षिय बिश्वकर्माको...

विश्वकप यसरी हेर्न बावुराम भट्टराईको सुझाव

२०७१ जेठ २९ गते १:४५

काठमाण्डु, २९ जेठ – फुटवलको महाकुम्भ आजदेखि सुरु हुँदैछ । राति १ बजे उद्घाटन खेल ब्राजिलमा हुनेछ । फुटवलको ज्वरो नेपालमा पनि ह्वात्तै बढेको छ । आफूले समर्थन गरेको देश र खेलाडीका जर्सी लगाएर सडकमा हिड्ने प्रसस्तै देखिन थालेका छन् । त्यसैमाथि सामाजिक सञ्जालमा...

सरकार विपक्षीका माग पूरा गर्न तयार भएपछि खुल्यो संसद्

२०७१ जेठ २८ गते १४:५७

काठमाण्डु, २८ जेठ– प्रमुख दलहरुबीच सहमति भएपछि व्यवस्थापिका– संसदको जारी अवरोध बुधबारदेखि हटेको छ । प्रमुख दलबीच गत ९ पुसमा भएको ४ बुँदे सहमति कार्यान्वयन गर्ने र रकमान्तर भएको विषयमा सदनलाई जानकारी गराउन सरकार तयार भएपछि संसद सुचारु भएको हो । सरकारका तर्फबाट संसद...

नेपाल पक्षद्वारा ओली पक्षका ६ जनालाई कारबाही

२०७१ जेठ २८ गते १४:२९

डडेलधुरा, २८ जेठ – नवौं महाधिवेशन नजिकिंदै गर्दा एमाले डडेलधुराले संसदीय दलका केपी ओली पक्षधर ६ नेतालाई कारबाही गरेको छ । पार्टीको जिल्ला अधिवेशनमा असहयोग गरेको आरोपमा जिल्ला कमिटी सचिवालयले ६ जना जिल्ला नेतालाई कारबाही गरेको हो । सातौं जिल्ला अधिवेशनअन्तर्गत गत जेठ १७...

महिला सभासदले गृहमन्त्री र सभामुखसँग सुरक्षा मागे

२०७१ जेठ २८ गते १४:१९

काठमाण्डु, २८ जेठ– महिला सभासद्हरुले सुरक्षाको माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गृहमन्त्री बामदेव गौतमको ध्यानाकर्षण गराएका छन् । बुधबार संविधानसभामा भेटेर उनीहरुले नेम्वाङ र गौतमसँग महिला सभासदले सुरक्षा मागेका हुन् । काँगेस सभासद रीता शाहीमाथि संविधानसभा भवनको तीन नम्बर गेटम हातपात भएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us