समाचार

संसदको अवरोध छिट्टै हट्छ: कोइराला

२०७१ जेठ २८ गते १३:४०

विराटनगर, २८ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले संसद् सुचारु गर्न शीर्ष नेताहरूबीच छलफल चलिरहेकाले चााडै सुचारु हुने बताएका छन् । काँग्रेस सभापतिसमेत रहेका काेइरालाले विराटनगरस्थित कोइराला निवासमा बुधबार पार्टी कार्यकर्तासँगको भेटमा  संसद् अवरुद्ध हुँदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद् सुचारु...

आगलागीबाट क्षति

२०७१ जेठ २८ गते १३:१२

कलैया, २८ जेठ – बाराको तेलकुवा गाविस–७ मा गएराति आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । सो आगलागीबाट रु १६ लाख ८३ हजार मूल्य बराबरको धनमाल नोक्सानी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीय योगेन्द्रप्रसाद थारुको घरबाट अचानक सुरु भएको...

काठमाण्डु उपत्यका बालश्रममुक्त हुने

२०७१ जेठ २८ गते १२:०१

काठमाण्डु, २८ जेठ – काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका क्षेत्रलाई बालश्रममुक्त बनाउन सरोकारवालाले प्रतिबद्धता व्यक्त गरेका छन् । बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा श्रम विभागले यहाँ आज आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले बालश्रम मुक्त क्षेत्र बनाउन विभिन्न कार्यक्रम गर्ने...

बायोमेट्रिक प्रणालीको स्वास्थ्य व्यवसायीद्धारा विरोध

२०७१ जेठ २८ गते ११:३८

काठमाण्डु, २८ जेठ – मलेसियामा जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका क्रममा बायोमेट्रिक प्रणाली लागू गर्ने तयारी प्रतिस्वास्थ्य व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल वैदेशिक रोजगार मेडिकल एसोसियसन र स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी बायोमेट्रिक स्वास्थ्य परीक्षणसँग कुनै सरोकार नराख्ने मानिसको पहिचान...

संविधानसभाको ढोकामै कुटिइन महिला सभासद

२०७१ जेठ २८ गते १०:३५

काठमाण्डु, २८ जेठ – संविधानसभा भवन अगाडि बुधबार दिउँसो नेपाली काँग्रेस समानुपातिक सभासद रीता शाहीमाथि एक युवकले दुव्यर्ववहार गरेका छन् । सभासदमाथि दुव्र्यवहार भएपछि महिला सभासदहरुले सुरक्षाको माग गरेका छन् । यसैबिच सभामुख र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संविधानसभा बैठकका लागि निवासबाट टेम्पो...

जनताको बोली बन्द नगर्न नेम्वाङको अाग्रह

२०७१ जेठ २८ गते ८:५३

काठमाडौँ, २८ जेठ – सभामुख सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध गर्दा जनताको बोली नसुनिने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख नेम्वाङले संसद् अवरुद्ध गर्दा जनप्रतिनिधिले जनताको माग र विचार राख्न नपाउने भएकाले त्यसतर्फ सबै राजनीतिक दल सजग हुनुपर्नेमा चासो...

सबै दलको प्रतिनिधित्व भए संविधान निर्माण – मन्त्री आचार्य

२०७१ जेठ २८ गते ८:३८

ललितपुर, २८ जेठ – शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यले संविधान निर्माणका लागि शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु महत्वपुर्ण कार्य हुने बताएका छन् । स्थानीय शान्ति समिति ललितपुरले बुधबार आयोजना गरेको विचार गोष्ठीमा उनले सबै राजनीतिक दल र सरोकारवालाको प्रतिनिधित्व भए मात्र संविधान निर्माण हुने...

जुम्ला जिल्लालाई धुवाँमुक्त बनाउने

२०७१ जेठ २८ गते ८:३२

जुम्ला, २८ जेठ – जुम्ला जिल्लालाई धुवाँमुक्त जिल्लाका रुपमा घोषणा गर्ने हेतुले यसपटक सुधारिएको चुल्हो वितरणका लागि जिल्लाका आठ गाविस छनोट गरिएको छ । नमुना गाविस स्वरुप जिल्लाका कार्तिकस्वामी, तलिउम, कुडारी, रारालिही, हाँकु, तातोपानी, लाम्रा र ताम्तीलाई छनोट गरिएको हो । छनोट गरिएका गाविसका...

चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध : प्रधानमन्त्री

२०७१ जेठ २८ गते ८:२४

विराटनगर, २८ जेठ – प्रधानमन्त्री सुशील कोइरालाले संसद् सुचारु गर्न शीर्ष नेताहरुबीच छलफल चलिरहेको बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा बुधवार पार्टी कार्यकर्तासँगको भेटमा उनले संसद् अवरुद्ध हँुदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद् सुचारु गर्न ढिलाइ गर्न नहुने कुरामा...

हवाई इन्धन चोरी गरिरहेको अवस्थामा तीनजना पक्राउ

२०७१ जेठ २८ गते ४:५२

वीरगन्ज, जेठ –बाराको रामपुर टोकनीमा रोकिराखेको तेल ट्याङ्करबाट पेट्रोलियम पदार्थ चोरी गरिरहेको अवस्थामा प्रहरीले गएराति तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी मध्य क्षेत्रीय कार्यालय पथलैया र नेपाल प्रहरीको टोलीले ना२ख ४५४९ नम्बरको ट्याङ्करबाट हवाई इन्धन १५० लिटर, डिजल २० लिटर र मट्टितेल १०...

कोइरालाको स्वास्थमा समस्या छैन : चिकित्सक

२०७१ जेठ २८ गते ४:००

काठमाण्डु २८ जेठ – प्रधानमन्त्री सुशील कोईरालाको स्वास्थ्यमा कुनै ठूलो समस्या नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन । चिकित्सकहरुले कोईरालाको स्वास्थ्यका बिषयमा बाहिर हल्ला चलाईएको जस्तो नरहेको बताएका हुन् । प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले प्रधानमन्त्री कोईरालालाई सामान्य इन्फेक्सन मात्र भएको बताए...

बसको ठक्करबाट एकको मृत्यु

२०७१ जेठ २८ गते ३:३७

चितवन, २८ जेठ – चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ । काठमाण्डुबाट रौतहट जाँदै गरेको ना४ख ५२७ नम्बरको बसले रत्ननगरको टाँडीबाट नारायणगढ जाँदै गरेको ना १५प ४८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । रत्ननगर–७ निप्पनी चोकनजिकै भएको दुर्घटनामा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us