संसदको अवरोध छिट्टै हट्छ: कोइराला

काठमाण्डु टुडे २०७१ जेठ २८ गते १३:४० मा प्रकाशित

विराटनगर, २८ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले संसद् सुचारु गर्न शीर्ष नेताहरूबीच छलफल चलिरहेकाले चााडै सुचारु हुने बताएका छन् ।
Sushil-Koirala
काँग्रेस सभापतिसमेत रहेका काेइरालाले विराटनगरस्थित कोइराला निवासमा बुधबार पार्टी कार्यकर्तासँगको भेटमा  संसद् अवरुद्ध हुँदा संविधान निर्माण र बजेट सार्वजनिक गर्ने कार्यमा असर परेकाले संसद् सुचारु गर्न ढिलाइ गर्न नहुने बताए ।
कोइरालाले चारबुँदे सहमति कार्यान्वयन गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले अपनाएको सदासयतालाई प्रतिपक्षी दलहरूले पनि बुझेर संसद् सुचारु गर्न सहयोग गर्न आग्रह गरे ।
सरकारको प्रमुख लक्ष्य मुलुकमा स्थायी शान्ति कायम गरी आगामी माघ ८ गतेभित्र लोकतान्त्रिक संविधान निर्माण गर्नु रहेकाले आफ्नो लक्ष्यबाट सरकार पछि नहट्ने प्रधानमन्त्री कोइरालाको दृढता थियो ।
उनले वर्तमान सरकार भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न तत्पर रहेको बताउँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
कोइरालाले नेपाली जनताको चाहना शान्ति र संविधान रहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न काँग्रेस कार्यकर्तालाई अपिलसमेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us