
ललितपुर, २८ जेठ – शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यले संविधान निर्माणका लागि शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउनु महत्वपुर्ण कार्य हुने बताएका छन् ।
स्थानीय शान्ति समिति ललितपुरले बुधबार आयोजना गरेको विचार गोष्ठीमा उनले सबै राजनीतिक दल र सरोकारवालाको प्रतिनिधित्व भए मात्र संविधान निर्माण हुने उल्लेख गरे ।
उनले सात वर्षदेखि अधुरो रहेको बेपत्ता छानबिन तथा सत्य निरुपणका लागि आवश्यक ऐन संसद्बाट पारित भएको चर्चा गर्दै आयोग गठनको तयारीमा सरकार रहेको बताए ।
सभासद् मदनबहादुर अमात्यले विभेदको अन्त्य र मानसिक परिवर्तनले मात्र स्थायी शान्ति कायम हुने धारणा राखे ।
गोष्ठीमा गाविस शान्ति समितिका संयोजक गाविस सचिव तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।