कोइरालाको स्वास्थमा समस्या छैन : चिकित्सक

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ४:०० मा प्रकाशित

sushil koiralaकाठमाण्डु २८ जेठ – प्रधानमन्त्री सुशील कोईरालाको स्वास्थ्यमा कुनै ठूलो समस्या नभएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन ।

चिकित्सकहरुले कोईरालाको स्वास्थ्यका बिषयमा बाहिर हल्ला चलाईएको जस्तो नरहेको बताएका हुन् । प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करवीरनाथ योगीले प्रधानमन्त्री कोईरालालाई सामान्य इन्फेक्सन मात्र भएको बताए ।
योगीले आगामी जुनमा प्रधानमन्त्री कोईराला अमेरिका जाने भएकाले अहिले देखिएको सामान्य इन्फेक्सन त्यहां गएका बेला एक पटक जाँच गराउन मात्र आफुहरुले सुझाव दिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us