आगलागीबाट क्षति

काठमाण्डु टुडे २०७१ जेठ २८ गते १३:१२ मा प्रकाशित

कलैया, २८ जेठ – बाराको तेलकुवा गाविस–७ मा गएराति आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

सो आगलागीबाट रु १६ लाख ८३ हजार मूल्य बराबरको धनमाल नोक्सानी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

स्थानीय योगेन्द्रप्रसाद थारुको घरबाट अचानक सुरु भएको आगोले सोही ठाउँका मधुलाल चौधरी, जिम्दार राउतकुर्मी र दरोगा राउतकुर्मीको घरसमेत जलेको बताइएको छ ।

सो आगो कलैयाबाट आएको दुईवटा दमकल र स्थानीयवासीको सहयोगमा चार घण्टाको प्रयासपछि नियन्त्रणमा लिइएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us