बसको ठक्करबाट एकको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २८ गते ३:३७ मा प्रकाशित

चितवन, २८ जेठ – चितवनमा बसको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।

काठमाण्डुबाट रौतहट जाँदै गरेको ना४ख ५२७ नम्बरको बसले रत्ननगरको टाँडीबाट नारायणगढ जाँदै गरेको ना १५प ४८७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

रत्ननगर–७ निप्पनी चोकनजिकै भएको दुर्घटनामा परी मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युभएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ । उनको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

बिहान करिब २ बजेको समयमा सो दुर्घटना भएको हो । बसका चालकलाई नियन्त्रणमा लिइएको र मृतकको पहिचानका लागि परिवारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us