
बाँके, २९ जेठ – एक वर्षयता यस जिल्लामा १५ जना एड्स सङक्रमितको मृत्यु भइसकेको छ ।
आर्थिक वर्ष ०७० र ०७१ को पुस मसान्तसम्ममा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
सोही अवधिमा जिल्लाभर गरी जम्मा ४२ जना एड्स सङ्क्रमित भेटिएको जिल्ला जनस्वास्थ्यका फोकल पर्सन रामबहादुर चन्दले बताएका छन् ।
यसवर्ष दुई हजार ५ सय भन्दा बढीले जाँच गराएकामा ४२ जना सङ्क्रमित पाइएको छ । हालसम्म बाँकेमा जम्मा ५८५ एड्स सङ्क्रमित भेटिएका छन् ।