अवैध कुखुरा र चल्ला बरामद

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ६:२२ मा प्रकाशित

परासी, २९ जेठ – भारतबाट अवैधरुपमा नवलपरासीको सदरमुकाम परासी ल्याउँदै गरेको करिब चार लाख मूल्य बराबरको ब्वायलर कुखुरा र चल्ला जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले बरामद गरेको छ ।

poultryचार हजार चल्ला र ब्वायलर कुखुरा साइकलमा ल्याउँदै गरेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक विष्णुहरि गौतमले बताएका छन् ।

साइकलमा लोड गरी ल्याइएका ब्वायलर कुखुरा अधिकांश मरिसकेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us