
काठमाण्डु, २९ जेठ – फुटवलको महाकुम्भ आजदेखि सुरु हुँदैछ ।
राति १ बजे उद्घाटन खेल ब्राजिलमा हुनेछ । फुटवलको ज्वरो नेपालमा पनि ह्वात्तै बढेको छ । आफूले समर्थन गरेको देश र खेलाडीका जर्सी लगाएर सडकमा हिड्ने प्रसस्तै देखिन थालेका छन् ।
त्यसैमाथि सामाजिक सञ्जालमा विश्वकप कस्ले जित्ला भन्ने अनुमान र ठोकुवा गर्नेको पनि कमि छैन् । नेपालमा बिशेष गरी अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, इंगल्याण्डलगायतका देशका समर्थक धेरै छन् । खेल अगावै कस्ले जित्छ र हार्छ भन्ने बाजी समेत राख्ने सुरु भएको छ ।
यसैबीच पूर्व प्रधानमन्त्री तथा एमाओवादी नेता बावुराम भट्टराईले विश्वकप हेर्नेका लागि सुझाव दिएका छन् ।
भट्टराईले आफ्नो ट्वीटरमा यस्तो लेखेका छन् ‘ आजदेखि ब्राजिलमा विश्वकप फुटवलको महाकुम्भ शुरु हुँदैछ। कुनै देश वा खेलाडी विशेषले होइन खेलभावना र विश्वबन्धुत्वले जितुन् भन्ने कामनागरौं । ’
आफू कुन देशको समर्थक हो भन्ने चाही उनले खुलाएका छैनन् ।