शैलजा आचार्यको पाँचौ स्मृति दिवश मनाइदै

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ४:१८ मा प्रकाशित

Shailaja.Acharyaकाठमाण्डु, २९ जेठ –नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको पाँचौं स्मृति दिवस मनाईदैछ । कांग्रेस नेतृ कोइरालाको पाँचवर्ष अघि आजकै दिनमा निधन भएको थियो ।
६५ बर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो । अल्जाइमर्स र निमोनियाबाट पीडित आचार्यको उपचारको क्रममा निधन भएको थियो ।
आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन् । २०१७ सालमा राजालाई कालो झण्डा देखाउंदा आचार्य २ बर्ष जेल र २ बर्ष भुमिगत जिवन बिताएकी नेतृ हुन् ।
नेतृ आचार्यको सम्झनामा आज नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गर्दैछ ।

पार्टी कार्यालय सानेपामा अहिले स्वर्गिय आचार्यको सम्झनामा स्मृतिसभा आयोजना गरिएको छ । स्मृतिसभामा कांग्रेसका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us