गर्मीका कारण दुईजनाको मृत्यु

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ३:२३ मा प्रकाशित

कञ्चनपुर, २९ जेठ – गर्मीका कारण यहाँ दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चाँदनी–६ का जोटी कोली र भीमदत्तनगरपालिका–५ वनखेत खाद्य मिलमा काम गर्ने मजदुर डडेल्धुराका मानबहादुर टेरको बुधबार मृत्यु भएको हो ।

काम गर्दागर्दै बेहोस भएर अस्पतालमा ल्याउँदै गर्दा दुवैजनाको गर्मीका कारण मृत्यु भएको बताइएको छ । टेरको शवलाई महाकाली अञ्चल अस्पतालमा राखिएको छ भने कोलीको शव उनका आफन्तले बुझेर लगिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us