बालश्रमिक विरुद्धको दिवस मनाईंदै

काठमाण्डु टुडे २०७१ जेठ २९ गते ३:१७ मा प्रकाशित

काठमाण्डु, २९ जेठ –बालश्रमिक बिरुद्धको दिवस अन्र्तराष्ट्रिय बालश्रमिक बिरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदै छ ।
दिवसका अवसरमा बालश्रम विरुद्धमा जनचेतना जगाउने उद्देश्यले राजधानी लगाएत देशभरका जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरिएका छन् ।
श्रम विभागका महानिर्देशक रविन्द्रमोहन भट्टराईले श्रम तथा रोजगार मन्त्रालयको पहलमा बालश्रमसम्बन्धी राष्ट्रिय बालश्रम नीति तथा विद्यमान बालश्रम ऐन, २०५६ को संशोधनलगायत जोखिमयुक्त बालश्रमको सूची निर्धारणको कार्य भइरहेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगबाट स्वीकृत बालश्रम निवारणका लागि राष्ट्रिय गुरुयोजना(२०११–२०) लाई हालै नेपाल सरकारबाट अनुमोदन हुने क्रममा रहेको उनले बताए ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालमा हाल १६ वर्षमुनिका करिब १६ लाख बालबालिका कुनै न कुनै श्रममा संलग्न छन् । तीमध्ये ६ लाख २० हजार बालबालिकाले अत्यन्त जोखिमपूर्ण श्रम गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us