महिला सभासदले गृहमन्त्री र सभामुखसँग सुरक्षा मागे

काठमाण्डु टुडे २०७१ जेठ २८ गते १४:१९ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– महिला सभासद्हरुले सुरक्षाको माग गर्दै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र गृहमन्त्री बामदेव गौतमको
ध्यानाकर्षण गराएका छन् ।
बुधबार संविधानसभामा भेटेर उनीहरुले नेम्वाङ र गौतमसँग महिला सभासदले सुरक्षा मागेका हुन् । काँगेस सभासद रीता शाहीमाथि संविधानसभा भवनको तीन नम्बर गेटम हातपात भएपछि महिला सभासदले सुरक्षा माग गरेका हुन् ।

उनीहरुले महिला सभासदका लागि एकै ठाउँमा बस्ने गरी आवास व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । छलफलमा सहभागी एकीकृत माओवादी सभासद रुपा महर्जनले काठमाण्डु टुडेलाई जानकारी दिइन् ।

उनका अनुसार भेटमा गौतमले महिला सभासदको सुरक्षामा सरकार गम्भीर रहेको बताए । गौतमले महिला सभासदलाई एकै ठाउँ बस्ने व्यवस्था मिलाउने आश्वासनसमेत दिएका छन् । उनले सभासदहरु बसेको स्थानमा सुरक्षा व्यवस्था कडा पार्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us