पार्टीलाई सही दिशामा हाँक्न उम्मेदवारी : नेता नेपाल

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ३:३० मा प्रकाशित

madhav nepal 2कञ्चनपुर, ३० जेठ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सही दिशामा हाँक्न आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

प्रेस चौतारी नेपाल कञ्चनपुराद्वारा आज महेन्द्रनगरमा आयोजित पत्रकारसम्मेलनमा नेता नेपालले भने “मेरो अध्यक्षमा उम्मेदवारी पार्टीलाई नयाँ दिशामा डो¥याउने हो ।”
नवौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा कार्यकर्ता भेटघाटमा यहाँ आएका नेता नेपाले पत्रकारसम्मेलनमा एमाले पार्टीलाई जोगाउन अध्यक्ष बन्न लागेको स्पष्ट नेपालले बताए ।

पार्टी रूपान्तरका लागि पनि नीति र नेतृत्वमा रूपान्तरण आवश्यक रहेको नेपालको भनाइ छ । “नेतृत्व सही हुनुपर्छ, तब मात्रै पार्टीलाई अगाडि बढाउन सकिन्छ”– उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us