आयल निगमका प्रबन्धकको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ९:२२ मा प्रकाशित

काठमाण्डु, ३० जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल आयल निगममा बढुवा भएको भन्दै प्रकाशकुमार श्रीवास्तवविरुद्ध विशेष अदालत काठमाडौमा आरोपपत्र दर्ता गरेको छ ।

आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार निगमको प्रबन्धक (आठौ तह)मा कार्यरत श्रीवास्तवले बढुवा प्रयोजनका लागि पेस गरेको भारत विहार इन्टरमिडियट शिक्षा परिषद्बाट आइएस्सी परीक्षा उत्तीर्ण गरेको भन्ने प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त श्रीवास्तवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम हदैसम्मको दण्ड सजायको माग दाबी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us