विद्यार्थी अपहरण आरोप झुट

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ५:३१ मा प्रकाशित

काठमाण्डु, ३० जेठ– डाटा चोरी गरेको विषयमा आफ्नै कार्यालयका दुई कर्मचारीलाई सोधपुछ मात्र गरिएको घटनालाइ अतिरञ्जित गरिएको एसइए इन्सिटच्युड थापाथलीले जनाएको छ ।

पूर्व क्षेत्र प्रहरी प्रमुख डिआइजी नवराव सिलवालको नाम जोडेर गरिएको उक्त प्रचार सरासर झुट भएको सो इन्सिच्युटका सञ्चालकले बताए ।

अपहरण गरिएका भनिएका दुइ विद्यार्थी सिद्धान्त मण्डल र विवेक देव आफ्नै इन्सिच्युटमा काम गर्ने र त्यही पढ्ने विद्यार्थी समेत रहेको सञ्चालिका सिर्जना सिलवालले बताइन् ।

‘कार्यलयको डाटा चोरी भएको विषयमा हामीले सबैतिर बुझिरहेका थियौं’, सञ्चालिका सिलवालले भनिन्, ‘कार्यलयको डाटा चोरी गरी अर्काै कार्यलयलाइ बेचेको पाइएपछि दुई जना विद्यार्थीहरुसग छलफल मात्रै गरिएको हो, अपहरणको आरोप सरासर झुट हो ।’

कार्यलयका विद्यार्थीहरुको फोन नम्बर तथा इमेल चोरी गरी अर्काे इन्सिच्युटलाइ उपलब्ध गराएको र अर्काे इन्सिच्युटले बारम्बार फोन गरी दुख दिएको विद्यार्थीहरुले गुनासो गरेपछि आफूहरुले छानविन गरिरहेको उनले बताइन् ।

‘मण्डल र देवले नम्बरहरु अर्काे इन्सिच्युटलाइ बेचेको पाएपछि उनीहरुलाइ सोधपुछ गर्न खोजिरहेका थियौं’, सिलवालले भनिन्, अकस्मात उनीहरुलाई बबरमहलमा भेटेपछि हाम्रै एक शिक्षकले आफ्नो गाडीमा सहमतिपूर्वक नै कार्यलयसम्म ल्याउनुभएको हो ।’

आफ्नो कार्यलयमा आएका प्रहरीहरुलाई समेत आफूले घटनाको यथार्थ बताएर पठाएको र उनीहरु समेत स्पष्ट भएर गएको उनको भनाइ छ । ‘सामान्य रुपमै भएका सोधपुछका घटनालाइ जोडेर अतिरञ्जना फैलाउने तथा कुप्रचार गर्ने चेष्टा भएको देख्दा दुःख लागेको छ’, सञ्चालिका सिलवालले भनिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us