प्रचण्डद्वारा प्रमको स्वास्थ्य स्थितिबारे जानकारी

काठमाण्डु टुडे २०७१ जेठ ३० गते ६:०० मा प्रकाशित

काठमाण्डु , ३० जेठ  – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् । prachanda-sushilअध्यक्ष दाहालले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटी उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । केही दिन अघिमात्र स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा दाग देखिएपछि थप उपचारका लागि चिकित्सकको सल्लाह अनुसार उनी यही असार ३ गते अमेरिका जाने कार्यक्रम तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us