सभासदलाई बासी खुवाउने चमेना गृह बन्द

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ९:५५ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– संविधानसभा सचिवालयमा सञ्चालित चमेनागृहसँगको सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाएको छ ।
canteenसचिवालयले जयसुमन जनशक्ति सेवा केन्द्र कम्पनी प्रालिद्वारा सञ्चालित चमेना गृह बन्द गराएको हो ।
चमेनागृह व्यवस्थापन उपसमितिको निर्देशनअनुरुप जेठ २९ गतेदेखि संस्थासँग सम्झौता भङ्ग गरी चमेनागृह सञ्चालनमा रोक लगाइएको सचिवालयका प्रवक्ता मुकुन्द शर्माद्वारा शनिबार जारी विज्ञप्तिमा जनाइएको छ ।
सचिवालयले पटकपटक सोधिएको स्पष्टीकरण र सुधारका लागि दिइएको निर्देशनअनुरुप गुणस्तर र सरसफाइको सुधार गर्नुको सट्टा गुणस्तर र सरसफाइको अवस्था अझ नाजुक देखिएकाले उपसमितिको निर्देशनमा सो संस्थालाई चमेनागृह सञ्चालनमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा चमेनागृहबाट उपलब्ध गराइएको खाना/खाजालगायतका विविध परिकारका बारेमा सरसफाइलगायत सामानको गुणस्तरका बारेमा सरोकारवालाको असन्तुष्टिसहित व्यापक गुनासो लगातार प्राप्त हुने गरेको र सचिवालयबाट सुधारका लागि विभिन्न मितिमा दिइएको लिखित निर्देशनलाई समेत बेवास्ता गरी सुधार नगरी रहेको अवस्थामा खाद्य तथा गुण नियन्त्रण विभागबाट केही खाद्य सामग्रीको नमुना परीक्षण गराउँदा स्टाफाइलाकिकस भेटिएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us