नेपालमा छिटो सत्ता परिवर्तन हुने गरेकामा सुकीले गरिन ब्यङ्ग्य

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते ४:४४ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ– म्यानमारकी प्रजातान्त्रवादी नेतृ आङ साङ सुकीले समानता र समावेशीताबिना प्रजातान्त्रिक समाजवादको परिकल्पना गर्नै नसकिने बताएकी छन् ।
sukiकाठमाण्डुमा शनिबार भएको ‘समाजवादको भविष्य’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा उनले समाजवादको आधार समानता र समावेशीता भएको बताइन् ।

कुनै एक प्रभावशाली समुदाय मात्र नभई सबै नागरिकले समानताले हक उपयोग गर्न पाए मात्र प्रजातान्त्रिक समाजवाद दिगो हुन सक्ने उनको भनाइ थियो ।

म्यानमारमा पनि धेरै आदिवासी जनजाति समुदाय रहेको भन्दै उनले प्रजातान्त्रिक समाजवादमा सबै जाति, धर्म र विचार अट्ने उल्लेख गरिन् ।

नेपालमा भएको प्रजातान्त्रिक अभ्यास एसियाकै लागि उदाहरणीय हुन सक्ने सुकीले बताइन् । उनले विकासका लागि प्रजातान्त्रिक अधिकार हुनुपर्ने भन्दै प्रजातन्त्र शासन पद्धतिमात्र नभई संस्कृति भएको प्रष्ट्याइन् ।

नेपाल आफ्नो देश म्यानमारको तुलनामा प्रजातान्त्रिक अभ्यासमा धेरै अगाडि रहेको भए पनि छिटो सत्ता परिवर्तन हुने गरेको विषयलाई ठट्यौली शैलीमा आफूले नेपालका सात जना प्रधानमन्त्री भृट्न पाएको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us