आफ्नो गाउँलाई खुला दिसामुक्त घोषणा गर्दै बाबुरामले भने, ‘८ माघमै संविधान’

काठमाण्डु टुडे २०७१ जेठ ३१ गते १४:१३ मा प्रकाशित

गोरखा, ३१ जेठ – एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आगामी माघ ८ गतेसम्म मुलुकले नयाँ संविधान पाउने दाबी गरेका छन् ।

baburam
गोरखास्थित आफू जन्मेको गाउँ खोप्लाङको नरेश्वरलाई खुला दिसामुक्त घोषणा गरेपछि बोल्दै उनले संविधान निर्माण प्रक्रियामा सकारात्मक प्रगति भइरहेको बताए ।

संविधानसभाअन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत रहेका भट्टराईले अघिल्लो संविधानसभाका नमिलेका विषयमा छलफल भइरहेको भन्दै दलहरु सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।

१८ वर्ष उमेर पुगेका नागरिकलाई सैन्य तालिम दिने विषयमा भएको सहमतिलाई उनले  महत्वपूर्ण भने ।
संघीयता, प्रधानमन्त्री र राष्ट्रपतिबीचको अधिकार बाँडफाँड र पछाडि पारिएका वर्ग र समुदायलाई अग्राधिकार दिने विषयमा कसैको विमति हुन नहुने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us