काठमाण्डु, २७ असार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआईजी) यादव अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । एआइजी बढुवा सिफारिसमा नपरेका डीआइजी अधिकारी अचानक सरुवामा परेका छन् । उनको स्थानमा महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका एससपी विजयलाल कायस्थलाई सरुवा गरिएको छ...
कञ्चनपुर, २७ असार – सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेका कञ्चनपुरका दुई वटा सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । भन्सार कार्यालय गड्डाचौकी र जिल्ला प्रशासन कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएक हुन् । जिल्ला प्रशासन कार्यालयले कर्मचारीका व्यवहार निगरानी तथा शान्ति सुरक्षाका लागि प्रशासनमा क्यामेरा...
सङ्खुवासभा, २७ असार – पाँच वर्ष अगाडि १६ ठेकेदारबाट निर्माण भई कालोपत्र गरिएको एक वर्षपछि नै सयौँ ठाउँमा भत्किएपछि कोसी राजमार्गअन्तर्गतको सङ्खुवासभा खण्डको ५६ किमि सडक भँैसी खेल्ने आहालमा परिणत भएको छ । सडक विभाग र ठेकेदारको लापर्बाहीको कारण चैनपुर– वसन्तपुर सडक अहिले कालोपत्र...
कावासोती, २७ असार – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा बिहिबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा आठ घाइते भएका छन् । कपिलवस्तुबाट भरतपुरका लागि हिँडेको ना२ख २४६ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना हुँदा कपिलवस्तु कजरहवा–४ का चार वर्षीय मोहमद असिफ, ३६ वर्षीय भैवु आलाम, शशिसलाम मुसलमान,...
डोल्पा, २७ असार – डोल्पाको धो गाविसमा गत जेठ २० गते स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच भएको झडपमा परेर स्थानीय दुई युवाको मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारी टोली सदरमुकाम दुनैमा आइपुगेको छ । धो गाविसमा यार्सा शुल्क विवादलाई लिएर स्थानीय बासिन्दा र यार्सा...
जाजरकोट, २७ असार – डोल्पा जिल्ला त्रिपुराकोट गाविस– ९ स्थित करेलीकाँडामा बिहिबारराति लाखौँको लुटपाट भएको छ । राति १० बजेको समयमा आठ÷दश जनाको समूहमा आएका नकाबधारीले करेलीकाँडाका छिरिङ ग्याल्जन लामाको घरमा कटुवा पेस्तोल कानमा तेस्र्याएर नगद रु चार लाख लुटेका छन् । आफूसँग भएको...
डोल्पा, २७ असार – डोल्पा सदरमुकाम दुनैदेखि जुफाल विमानस्थलसम्म चल्दै आएका नीजि कम्पनीका सवारी साधनले एकतर्फी भाडा असुल्दै ब्रह्मलुट मच्चाएका छन् । १३ किमि को दुरीमा ४ वटा महिन्द्रा जिप संचालनमा आएका छन् । संचालनमा आएका जीपहरु यातायात ब्यवस्था विभाग र जिल्ला प्रशासन कार्यालयको...
सुर्खेत, २७ असार – आर्थिक वर्ष २०६९– ०७० को न्यूनतम सर्तमापन तथा कार्यसम्पादन मूल्याङ्कनमा नौवटा गाविस असफल भएका छन् । स्थानीय निकायको वित्तीय आयोगको सचिवालयले गरेको गुणस्तरीय सुनिश्चता परीक्षणमा जिल्लाका वेतान, खानीखोला, दशरथपुर, सहारे, लेखगाउँ, उत्तरगङ्गा, नेटा, मटेला र धारापानी गाविस असफल भएका हुन्...
राजविराज, २७ असार – हतियार बोकेर सप्तरी छिरेका जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले बिहीबार गिरफ्तार गरेको छ । सप्तरीको रम्पुरा मल्हनिया गाविस–२ स्थित मलाहा टोलमा एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोलसहित मोर्चाका केन्द्रीय सदस्य बारा जिल्ला कटैया...
वीरगन्ज २७ असार – छोरो भेट्न जाँदा आमाको बसको चक्काले कुल्चिएर मृत्यु भएको छ । बाराको दहियार–४ बस्ने ६२ वर्षीया आमा फूलमाया तेलिन भक्तिनलाई आफू चढेको बसको पछाडिको चक्काले कुल्चिँदा बिहीबार वीरगन्जको बसपार्कमानै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । कलैयाबाट वीरगन्ज आइरहेको ना३ख ३१००...
चितवन, २७ असार– कोठैमा बसेर गर्भवती महिलाको अवस्थाबारे जानकारी लिन र दिन सकिने प्रविधि चितवनको झुवानी सामुदायिक पुस्तकालयले भित्र्याएको छ । ‘आमाको मायाँ’ कार्यक्रमअन्तर्गत यहाँ उक्त प्रविधि भित्र्याइएको हो । डेढ महिनादेखि उक्त कार्यक्रम परीक्षणका रुपमा चलिरहेको पुस्तकालयका अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।...
सर्लाही, २६ असार – सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालमा एक महिलाले एकैपटक चारवटा बच्चा जन्माएकी छिन् । सर्लाहीको कौडेना गाविस–७ निवासी इजुल खानकी २५ वर्षीया छोरी रविना खातुनले एकैपटक चारवटा बच्चा जन्माएकी हुन् । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याइएकी खातुनले दुई छोरा र दुई छोरी...