राजस्व चुहावट रोक्न सिसिटिभी जडान

काठमाण्डु टुडे २०७१ असार २७ गते ९:०१ मा प्रकाशित

कञ्चनपुर, २७ असार – सुरक्षाका दृष्टिकोणले संवेदनशील रहेका कञ्चनपुरका दुई वटा सरकारी कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

भन्सार कार्यालय गड्डाचौकी र जिल्ला प्रशासन कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएक हुन् । जिल्ला प्रशासन कार्यालयले कर्मचारीका व्यवहार निगरानी तथा शान्ति सुरक्षाका लागि प्रशासनमा क्यामेरा जडान गरेको छ । यसैगरी, जिल्ला प्रहरी कार्यालयले सीमा नाका हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि भन्सारमा क्यामेरा जडान गरेको जनाएको छ ।

दुवै निकायले गृह मन्त्रालयको निर्देशनअनुसार क्यामेरा जडान गरेका हुन् । भन्सार र प्रशासन कार्यालयमा आठ जोडी क्यामेरा जडान गरिएका छन् ।

सिसिटिभी क्यामेरा जडानले कार्यालयका सबै कक्षका गतिविधि क्यामेरामा नियाल्न पाइने भएकाले सेवाग्राहीलाई सहज रुपमा सेवा उपलब्ध गराउन सकिने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।

सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट कम गर्न भन्सार कार्यालयमा जडान गरिएका क्यामेराले सघाउ पु¥याउने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us