एम्बुलेन्स दुुर्घटनामा आठ घाइते

काठमाण्डु टुडे २०७१ असार २७ गते ८:२२ मा प्रकाशित

कावासोती, २७ असार – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा बिहिबार बिहान एम्बुलेन्स दुर्घटना हुँदा आठ घाइते भएका छन् ।

कपिलवस्तुबाट भरतपुरका लागि हिँडेको ना२ख २४६ नम्बरको एम्बुलेन्स तीव्र गतिका कारण दुर्घटना हुँदा कपिलवस्तु कजरहवा–४ का चार वर्षीय मोहमद असिफ, ३६ वर्षीय भैवु आलाम, शशिसलाम मुसलमान, सुन्द्रास हुसेन, हडलर निसाद, कितामुनि निसालगायत घाइते भएका हुन् ।

घाइतेहरुको चितवनको भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी वामदेव गौतमले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us