कार्यसम्पादन मूल्याङ्कनमा ९ गाविस फेल

काठमाण्डु टुडे २०७१ असार २७ गते ७:१२ मा प्रकाशित

सुर्खेत, २७ असार – आर्थिक वर्ष २०६९– ०७० को न्यूनतम सर्तमापन तथा कार्यसम्पादन मूल्याङ्कनमा नौवटा गाविस असफल भएका छन् ।

स्थानीय निकायको वित्तीय आयोगको सचिवालयले गरेको गुणस्तरीय सुनिश्चता परीक्षणमा जिल्लाका वेतान, खानीखोला, दशरथपुर, सहारे, लेखगाउँ, उत्तरगङ्गा, नेटा, मटेला र धारापानी गाविस असफल भएका हुन् ।

जिल्ला विकास समिति सुर्खेतले गत मङ्सिरमा जिल्लाका गाविसमा गएर न्यूनतम सर्तमापन तथा कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि १३ जना विज्ञलाई खटाएको थियो ।

ती गाविसले न्यूनतमरुपमा स्थानीय निकायको सर्त तथा कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०६६ अनुरुपको कार्य प्रगति गर्न नसकेकाले असफल भएका जिल्ला विकास समितिले जनाएको छ ।

यसअघि आर्थिक वर्ष २०६८– ०६९ मा यहाँका १० वटा गाविस न्यूनतम सर्त मापनमा असफल भएका थिए । यसअघि असफल भएका धारापानी र लेखगाउँ गाविस पुनः असफल भएका जिल्ला विकास समिति सुर्खेतका सूचना अधिकृत धनबहादुर खत्रीले जानकारी दिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us