काठमाण्डु, २७ असार – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख नायव महानिरीक्षक (डिआईजी) यादव अधिकारीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
एआइजी बढुवा सिफारिसमा नपरेका डीआइजी अधिकारी अचानक सरुवामा परेका छन् ।
उनको स्थानमा महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका एससपी विजयलाल कायस्थलाई सरुवा गरिएको छ । एआईजी बढूवाप्रति असन्तुष्ट उनी पटक पटक बिदा बस्दै आएका थिए ।
बिमानस्थलमै रहेका एसएसपी रमेश फुयाँललाई पनि हेडक्वाटर तानिएको छ ।