हतियारसहित मोर्चाका केन्द्रीय सदस्य पक्राउ

काठमाण्डु टुडे २०७१ असार २७ गते ७:०८ मा प्रकाशित

राजविराज, २७ असार – हतियार बोकेर सप्तरी छिरेका जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चाका केन्द्रीय सदस्य वीरेन्द्रप्रसाद यादवलाई सप्तरी प्रहरीले बिहीबार गिरफ्तार गरेको छ ।

सप्तरीको रम्पुरा मल्हनिया गाविस–२ स्थित मलाहा टोलमा एक राउण्ड गोली लोड भएको कटुवा पेस्तोलसहित मोर्चाका केन्द्रीय सदस्य बारा जिल्ला कटैया गाविस–७ गालापट्टि वैजनी टोलका यादवलाई गिरफ्तार गरेको सप्तरी प्रहरीले जनाएको छ ।

यादवलाई हातहतियार तथा खरखजाना ऐनबमोजिम कानुनी कारबाही सुरु गरी विगतमा निजले गरेका आपराधिक गतिविधिका बारेमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us