समाचार

प्रहरी ज्यादतीको विरोधमा बजार बन्द

२०७१ असार २८ गते ७:१४

महोत्तरी, २८ असार– प्रहरीले ज्यादति गरेको भन्दै जलेश्वर उद्योग वाणिज्य संघले तीन दिन बजार बन्द गर्ने भएको छ । स्थानीय युवा र प्रहरीबीच शुक्रबार झडप भएको थियो । सामान्य भनाभन भएकामा स्थानीय महेन्द्रचोकका घर, पसल र लजमा प्रवेश गरी लाठी प्रहार गरेको थियो ।...

काठमाण्डुमा तीस प्रतिशतमात्र रोपाइँ

२०७१ असार २८ गते ५:५९

काठमाण्डु २८ असार – असार महिना सकिनै लाग्दा अझै पनि काठमाडौँ दक्षिण भेगमा ३० प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन । विगतका वर्षमा असारको अन्तिम सातासम्म ८० प्रतिशतसम्म रोपाइँ गरिसक्ने कृषक पर्याप्त पानीको अभावमा रोपाइँ गर्न नसक्दा समस्यामा परेका छन् । धान रोपाइँका लागि...

प्रधानमन्त्रीको उपचारको परिणाम सन्तोषजनक

२०७१ असार २८ गते ५:२९

काठमाण्डु, २८ असार –अमेरिकामा उपचार गराईरहेका प्रधानमन्त्री सुशील कोइरालालाई चिकित्सकले एक हप्तापछि स्वदेश फर्कन सक्ने बताएका छन् । प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई दिईएको रेडियोथेरापीको क्लिनिकल र रेडियोलोजिकल परिणाम निकै उत्कृष्ट रहेको भन्दै न्यूयोर्कमा झण्डै एक हप्ताको आरामपछि कोइराला घर फर्कन सक्षम हुने बताएका...

ससुरालीको दाइजो बेचेर प्रहरी भवन निर्माण

२०७१ असार २८ गते ४:५२

काठमाण्डु २८ असार –विवाहमा ससुरालीबाट प्राप्त औँठी, सिक्री र मोटरसाइकललगायतका दाइजो बेचेर प्रहरी हवल्दार नवराज खड्काले बज्रयोगिनी मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह निर्माण गरी उदाहरणीय काम गरेका छन् । पुरातात्विक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी बस्नलाई उग्रतारा बज्रयोगिनी...

एमाओवादीसहितको मोर्चा आज गठन हुने

२०७१ असार २८ गते ३:४८

काठमाण्डु, २८ असार –संविधानसभामा प्रतिनिधीत्व गर्ने र बाहिर रहेका साना दलहरुले आज मोर्चा गठन गर्ने भएका छन् । एकीकृत माओवादी, संघियत समाजबादी र मधेशबादी दलहरुले पहिचानका आधारमा संघियता निर्माण गर्न भन्दै मोर्चा घोषणा गरेको ३ दिन भित्रै फेरि साना दलहरुले पनि उही उद्देश्य राखेर...

नेकपा–माओवादीको विस्तारित बैठक सुरु

२०७१ असार २८ गते ३:२२

काठमाण्डु, २८ असार– नेकपा–माओवादीको केन्द्रीय समितिको विस्तारित बैठक शनिबारदेखि राजधानीमा सुरु भएको छ । बुद्धनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु बैठकको पहिलो दिन अध्यक्ष मोहन वैद्यले केन्द्रीय समिति बैठकद्वारा पारित राजनीतिक प्रस्ताव पेस गरेका छन् । केन्द्रीय समिति बैठककै निरन्तरता स्वरुप सुरु विस्तारित बैठकमा पूर्ण,...

नेपालमा दैनिक चारवटासम्म भूकम्प , विद्युत्भार कटौतीले मापनमा समस्या

२०७१ असार २८ गते २:४८

काठमाण्डु २८ असार – बढ्दो विद्युत्भार कटौतीका कारण भूकम्प मापनसम्बन्धी उपकरण नियमितरुपमा सञ्चालन हुन कठिनाइ भएको छ । अतिजोखिम र संवेदनशील विनासकारी भूकम्प मापन गर्ने मुलुककै एकमात्र केन्द्रीय निकाय राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरमा विद्युत्भार कटौतीले भूकम्प मापनको काम प्रभावकारी बन्न नसकेको हो ।...

आज गुरु पूर्णिमा मनाइदै

२०७१ असार २८ गते २:०६

काठमाण्डु, २८ असार –गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशैभर गुरुपूर्णिमा पर्व मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदानगरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्छन । हरेकवर्ष आषढशुक्ल पूर्णिमाको यस...

आग्लो प्रहार गरी श्रीमती हत्या गर्ने पक्राउ

२०७१ असार २७ गते १२:३४

सुनसरी, २७ असार – काठको आग्लो प्रहार गरी आफ्नै श्रीमतीलाई मारेको अभियोगमा धरान नगरपालिका–१७ बस्ने ३९ बर्षीय चक्रबहादुर लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । निजले आपसी विवादमा २९ बर्षीया श्रीमती बिमला लिम्बुलाई असार २६ गते ढोकामा लगाउने काठको आग्लोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते...

एमाले नयाँ नेतृत्वका लागि मतदान सुरु

२०७१ असार २७ गते ११:५४

काठमाण्डु, २७ असार – निवर्तमान अध्यक्ष झलनाथ खनालसहित अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी ओलीले मतदान गर्दै निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन प्रक्रिया सुरु भएको झण्डै ४८ घण्टा पछि एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको हो । सचिवालयबाट मतदानका लागि...

विमानस्थलमा अख्तियारले छापा मार्दै

२०७१ असार २७ गते ११:५३

काठमाण्डु,२७ असार – त्रिभुवन विमानस्थलमा अख्तियारले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार ड्युटी फ्रि पसल , मुद्रा सटही काउन्टर र अन्य पसलमा छापा मारेको हो । ती पसलमा बढि अनियमितता र राजश्व छलीको अभियोगमा छापा मारेको आयोग प्रवक्ता श्रीधर...

१९ बचत तथा ऋण सहकारी संस्था खारेज

२०७१ असार २७ गते ११:२७

काठमाण्डु, २७ असार – डिभिजन सहकारी कार्यालय काठमाण्डुले चालु आर्थिक वर्षमा १९ वटा बचत तथा ऋण सहकारी संस्था खारेज गरेको छ । दुई वर्षसम्म निष्क्रिय रहेका, लेखापरीक्षणको स्वीकृत नलिएका, साधारणसभाको जानकारी नदिएका सहकारी संस्थालाई दर्ता खारेज गर्ने गरिएको डिभिजन सहकारी कार्यालयका वरिष्ठ सहकारी अधिकृत...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us