आज गुरु पूर्णिमा मनाइदै

काठमाण्डु टुडे २०७१ असार २८ गते २:०६ मा प्रकाशित

काठमाण्डु, २८ असार –गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै आज देशैभर गुरुपूर्णिमा पर्व मनाईदैछ । प्राचीनकालको गुरुकुल शिक्षाबाट प्रारम्भ भएको यस पर्वमा विद्यार्थीहरुले आफूलाई विद्या, विनय र शिष्टता प्रदानगरी जीवनलाई उज्ज्वल भविष्यको मार्गदर्शन गराउने गुरुलाई यथोचित सम्मान प्रकट गर्छन ।

हरेकवर्ष आषढशुक्ल पूर्णिमाको यस पर्वलाई व्यास जयन्ती पनि भन्ने गरिन्छ । आजको दिनले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई प्रगाढ रुपमा स्थापित गर्नुका साथै गुरु र विद्यार्थीकाबीचमा आत्मीयता, श्रद्धा तथा स्नेह कायम गरेर विद्याका क्षेत्रलाई आदर्श एवं सेवामुलक बनाई अघि बढ्न निर्देशन गर्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us