एमाले नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाण्डु टुडे २०७१ असार २७ गते ११:५४ मा प्रकाशित

Uml-new-logo

काठमाण्डु, २७ असार – निवर्तमान अध्यक्ष झलनाथ खनालसहित अध्यक्षका प्रत्यासीद्वय माधवकुमार नेपाल र केपी ओलीले मतदान गर्दै निर्वाचन प्रक्रिया सुरु भएको छ ।

निर्वाचन प्रक्रिया सुरु भएको झण्डै ४८ घण्टा पछि एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको हो ।

सचिवालयबाट मतदानका लागि खनाल र नेपाल सँगै निस्किएका थिए । केही पछाडि रहेको केपी ओली पनि मतदान केन्द्रमा आएर सँगै मतदान गरेका थिए ।

निर्वाचन समितिले शुक्रबार बिहान ८ वजेदेखि मतदान गर्ने भनिएपनि मतदाता परिचत्र पत्र बाँड्ने र मतपत्र छाप्ने काम नसकिएकोले ढिलो भएको हाे ।

नयाँ नेतृत्वको लागि एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले छुट्टाछुट्टै प्यानल सहित उमेदवारी दर्ता गराएका छन् ।

एमालेको निर्वाचन आयोगले बिहीबार राती प्रकाशित गरेको उमेदवारको अन्तिम नामावली अनुसार पदाधिकारी सहित १ सय ५८ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय ३५ जनाको उम्मेदवारी परेको छ । त्यसमा दुई प्यानल बाहेक स्वतन्त्र उमेदवार १९ जना छन् ।

मतपत्रमा दुई वटा प्यानल र स्वतन्त्र गरी ३ कोलम राखिने निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासीले बताए । प्यानल सहित हुने चुनावमा पनि मतपत्रमा उमेदवारको सूचि क्रमैसंग राखिने गरिएपनि प्यानल नै छुट्टयाएर मतपत्रमा राखिएको यो पहिलो पटक हो ।

jn-kp-mk

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us