प्रधानमन्त्रीको उपचारको परिणाम सन्तोषजनक

काठमाण्डु टुडे २०७१ असार २८ गते ५:२९ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, २८ असार –अमेरिकामा उपचार गराईरहेका प्रधानमन्त्री सुशील कोइरालालाई चिकित्सकले एक हप्तापछि स्वदेश फर्कन सक्ने बताएका छन् ।
प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई दिईएको रेडियोथेरापीको क्लिनिकल र रेडियोलोजिकल परिणाम निकै उत्कृष्ट रहेको भन्दै न्यूयोर्कमा झण्डै एक हप्ताको आरामपछि कोइराला घर फर्कन सक्षम हुने बताएका प्रधानमन्त्रीका निजी चिकित्सक डाक्टर करबीरनाथ योगीले जानकारी दिए ।
रेडियोथेरापी पछिको परामर्श र छातीको एक्सरेका लागि अस्पताल पुगेका बेला डाक्टर योगीले प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकसंग कोइरालाको स्वास्थ्य अवस्थाबारे छलफल गरेको अमेरिकामा रहेको नेपाली स्थायी नियोगले जनाएको छ ।

फोक्सोमा सेतो दाग देखिएपछि असार २ गते अमेरिका पुगेका प्रधानमन्त्रीको उपचारका क्रममा न्यूयोर्कमा रहेको मेमोरियल स्लोन केटेरिङ्ग क्यान्सर सेन्टरमा पाँच चरणमा रेडियोथेरापी गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us