काठमाण्डु,२७ असार – त्रिभुवन विमानस्थलमा अख्तियारले छापा मारेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार ड्युटी फ्रि पसल , मुद्रा सटही काउन्टर र अन्य पसलमा छापा मारेको हो ।
ती पसलमा बढि अनियमितता र राजश्व छलीको अभियोगमा छापा मारेको आयोग प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
ती पसलहरुमा आवश्यक अनुसन्धान गरी कारबाही गरिने सापकोटाले बताए ।