ससुरालीको दाइजो बेचेर प्रहरी भवन निर्माण

काठमाण्डु टुडे २०७१ असार २८ गते ४:५२ मा प्रकाशित

काठमाण्डु २८ असार –विवाहमा ससुरालीबाट प्राप्त औँठी, सिक्री र मोटरसाइकललगायतका दाइजो बेचेर प्रहरी हवल्दार नवराज खड्काले बज्रयोगिनी मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीका लागि आवासगृह निर्माण गरी उदाहरणीय काम गरेका छन् ।

पुरातात्विक, धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण मन्दिरको सुरक्षार्थ खटिएका प्रहरी बस्नलाई उग्रतारा बज्रयोगिनी मन्दिरसँगैको पुरातात्विक भवन दिइएकोमा सो भवन जीर्ण भई भत्कने अवस्थामा पुगेपछि हवल्दार खड्काले सो उदाहरणीय काम गरेका हुन् ।

भूकम्प गएका समयमा बज्रयोगिनी मन्दिरकै सुरक्षार्थ नेपाल प्रहरी पहरा गणबाट खटिएका हवल्दार खड्काले दुई तले चार कोठे भवन आफ्नो व्यक्तिगत रु पाँच लाख ६० हजारको लागतमा निर्माण गरिदिएर उदाहरणीय काम गर्नुभएको मन्दिर सुरक्षार्थ खटिएको प्रहरी टोलीका इञ्चार्ज विदुर खड्काले बताए ।

हवल्दार खड्काले ससुरालीले दिएको दाइजो बेचेर पैसा जुटाई प्रहरी भवन निर्माण गरिदिएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us