महोत्तरी, २८ असार– प्रहरीले ज्यादति गरेको भन्दै जलेश्वर उद्योग वाणिज्य संघले तीन दिन बजार बन्द गर्ने भएको छ ।
स्थानीय युवा र प्रहरीबीच शुक्रबार झडप भएको थियो । सामान्य भनाभन भएकामा स्थानीय महेन्द्रचोकका घर, पसल र लजमा प्रवेश गरी लाठी प्रहार गरेको थियो । प्रहरीको लाठी प्रहारबाट दुई दर्जन स्थानीय घाइते भएका थिए ।
संघको शनिबार बिहान बसेको बैठकले प्रहरीले ज्यादति गरेको निष्कर्ष निकाल्दै बजार बन्द गर्ने निर्णय गरेको हो । बैठकले स्थानीयको शान्ति सुरक्षाको ग्यारेण्टी गर्न, घाइतेको उपचार गर्न, तथा घटना छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।