काठमाण्डु, २९ असार – नेपाल प्रज्ञा–प्रतिष्ठानमा पदाधिकारी नियुक्तिका लागि प्राज्ञ परिषद्को गठन हुन नसक्दा त्यहाँको वार्षिक काम प्रभावित भएको छ । प्राज्ञ परिषद्का पदाधिकारीको तोकिएको समय गत वर्षको माघ २० गते सकिएको थियो । पदाधिकारीको कार्यकाल सकिएपछि प्रतिष्ठान अहिले पदाधिकारीविहीन बनेको छ । प्रतिष्ठानका...
महोत्तरी, २९ असार – सदरमुकाम जलेश्वर र वरिपरिका गाउँमा अहिले विद्युत् ट्रान्सफर्मर चोरको बिगबिगी बढेको छ । विगत दुई साताभित्र मात्रै जलेश्वर नगरपालिका क्षेत्रभित्र दुई र वरिपरिका गाउँमा तीन गरी पाँचवटा विद्युत् ट्रान्सफर्मर चोरी भएको छ । चोरहरुले जलेश्वर नगरपालिका–८ रतबारा, वडा नं. १२...
काठमाण्डु, २९ असार – कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले सबै भाषा, संस्कृति, कला र साहित्यको समयानुकूल विकास, संरक्षण र संवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । भानु द्वि–शतवार्षिक समारोह समिति र भानु प्रतिष्ठानले २०१औँ भानु जयन्तीका अवसरमा आएतबार आयोजना गरेको कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री गौतमले...
सोलुखुम्बु, २९ असार – सोलुखुम्बु साहित्यिक मञ्चको सदरमुकाम सल्लेरी–५ स्थित जग्गा संस्थाका अध्यक्ष एक्लैले नक्कली कागज बनाएर बिक्री गरेको खुलासा भएको छ । विसं २०६६ भदौ ३१ गते जग्गा बेचेको तथ्य सो जग्गामा आदिवासी जनजाति महासङ्घ समन्वय समिति सोलुखुम्बुले भवन निर्माण सुरु गरेपछि बाहिर...
भक्तपुर, २९ असार – भर् जन्म घाँसतिर मन दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो मो भानुभक्त धनी भइकन आज यस्तो भानु जयन्तीका अवसरमा आदिकवि भानुभक्त आचार्यद्वारा लिखित यही कवितांशलाई सभापति बनाएर भक्तपुर साहित्यिक समाजले...
काठमाण्डु, २९ असार – नेकपा एमालेको नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणनाका त्रिपुरेश्वरस्थितको राष्ट्रिय खेलकुद परिषद्को काम प्रभावित भएको छ । खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पनि प्रवेश नपाएपछि फर्केका छन् । परिषद्का कुनैपनि कर्मचारीलाई कार्यालय प्रवेश गर्न दिइएको छैन । नियमित...
काठमाण्डु, २९ असार –सभामुख सुवासचन्द्र नेम्बाङले आदिकविले नेपाली भाषाको माध्यमबाट सम्पूर्ण नेपाल र नेपालीलाई एकताको सूत्रमा बाँध्न ठूलो योगदान गरेको बताएका छन् । भानुजयन्तीका अवसरमा नेम्वाङ्ले आचार्यको सदैव उच्च सम्मानका गर्नुपर्ने बताए । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मुलुकमा बसोवास गर्ने सम्पूर्ण जाति समुदायका बीचमा सहयोग र...
काठमाण्डु, २९ असार –प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखीय सुधार देखिएको छ । आठ दिन लगाएर गरिएका पाँचवटा रेडियोथेरापी चिकित्सापछि एक्स–रे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घटेको पाइएको छ । प्रधानमन्त्रीसँगै रहेका डाक्टर कविरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त भएका छन् । ।...
काठमाण्डु, २९ असार – नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको दुईसयौँ जन्मजयन्ती आज नेपाल र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरेको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति गरी मुलुकका विभिन्न भागमा भानुजयन्ती मनाइरहेको...
काठमाण्डु, २८ असार– नेकपा एमालेको नवौा राष्ट्रिय महाधिवेशनमा खानामा मात्र करिब एक करोड ५५ लाख खर्च भएको छ । महाधिवेशन प्रतिनिधिसहित स्वयम् सेवक, सुरक्षाकर्मी, पर्यवेक्षक र प्राविधिक समेतलाई एक सातासम्म बिहान र बेलुकाको खानाको प्रबन्ध मिलाइएको थियो । खाना व्यवस्थापनको जिम्मा पाएको महालक्ष्मी कल्पु...
काठमाण्डु, २८ असार– गोरखाको फुजेलमा बहुला कुकरले टोकेर २२ जना घाइते भएका छन् । कुकुरले शुक्रबार साँझ ५ बजेदेखि शनिबार दिउँसोसम्ममा फुजेल–६ को दाहाल गाउँ र फुजेल–७ को पुण्यगाउँका २२ जनालाई टोकेको हो । घाइते हुनेमा सीता दाहाल, पुतली दमिनी, मानबहादुर श्रेष्ठलगायत छन् ।...
काठमाण्डु, २८ असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आइतबार मात्र हुने भएको छ । अध्यक्षका दुई प्रत्यासी माधवकुमार नेपाल र केपी शर्मा ओली पक्षको विवादका कारण मतगणना स्थगित भएको हो । तर केन्द्रीय निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी अधिकारीले आइतबार...