प्रधानमन्त्री क्यान्सर मुक्त

काठमाण्डु टुडे २०७१ असार २९ गते ४:१३ मा प्रकाशित

sushil koiralaकाठमाण्डु, २९ असार –प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यमा उल्लेखीय सुधार देखिएको छ । आठ दिन लगाएर गरिएका पाँचवटा रेडियोथेरापी चिकित्सापछि एक्स–रे रिपोर्टमा फोक्सोको सेतो दाग निकै घटेको पाइएको छ ।

प्रधानमन्त्रीसँगै रहेका डाक्टर कविरनाथ योगीका अनुसार प्रधानमन्त्री कोइराला फोक्सोको क्यान्सरबाट मुक्त भएका छन् । । उपचार सिद्धिएपनि इन्फेक्सनबाट बचाउन प्रधानमन्त्रीलाई कम्तीमा एक साता न्युयोर्कमै राखिनेछ ।

दौडधुप, भेटघाट एवं व्यस्तताले काठमाडौंमा इन्फेक्सन हुने डरले केहीदिन अमेरिकामा आराम गरेर स्वदेश फिर्ता हुने तयारी छ ।

रेडियोथेरापीपछि प्रधानमन्त्रीको खोकी निकै घटेको, ज्वरो र श्वासप्रश्वासको समस्या पनि नदेखिएको चिकित्सक योगिले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us