महाधिवेशन नसकिँदै काठमाण्डू फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डु टुडे २०८३ असार १० गते १२:३७ मा प्रकाशित

काठमाण्डू, १० असार– प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाण्डू फर्किएका छन् ।

७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका प्रधानमन्त्री शाह बुद्ध एयरमार्फत आज काठमाडौं फर्किएका हुन् । बालेनसहित उनका सचिवालयका केही सदस्य पनि काठमाण्डू फर्किएका छ्न ।

७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गरेका बालेन ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्र भ्रमण गरेका थिए । उनी ९ असार साँझ मात्रै महाविधेशनको बन्दसत्रमा आएका थिए ।

करिब डेढ घण्टा जति महाधिवेशनस्थलमा बसेका उनी पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावक बसे । प्रधानमन्त्री शाह महाधिवेशन उद्घाटनस्थलबाट झन्डै १६ किलोमिटर पूर्व उत्तरतर्फ कालिका नगरपालिका–९ शक्तिखोरमा रहेको लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us