एमाले महाधिवेशन खर्च साढे सात करोड

काठमाण्डु टुडे २०७१ असार २८ गते १४:५४ मा प्रकाशित

Uml-new-logoकाठमाण्डु, २८ असार– नेकपा एमालेको नवौा राष्ट्रिय महाधिवेशनमा खानामा मात्र करिब एक करोड ५५ लाख खर्च भएको छ ।

महाधिवेशन प्रतिनिधिसहित स्वयम् सेवक, सुरक्षाकर्मी, पर्यवेक्षक र प्राविधिक समेतलाई एक सातासम्म बिहान र बेलुकाको खानाको प्रबन्ध मिलाइएको थियो ।

खाना व्यवस्थापनको जिम्मा पाएको महालक्ष्मी कल्पु क्याटरिङका सञ्चालक मातृका पौडेलका अनुसार प्रतिदिन प्रतिछाक करिब दुई हजार ५०० जनाले खाना खाएका थिए । उनले  हालसम्म पार्टीबाट ६५ लाख पेस्की लिएको बताए ।

एमालेका सङ्गठित सदस्यसमेत रहेका पौडेलले आफूहरुले बनाएको खाना एमालेका शीर्ष नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायतले खाएको बताए
पूर्वनिर्धारित समयभन्दा केही दिन लम्बिएका कारण पार्टीलाई कम्तीमा थप  एक करोड आर्थिक भार पर्ने भएको महाधिवेशन मूल सचिवालयका सचिव विष्णु रिमालले बताए । उनका अनुसार खानामा मात्र प्रतिदिन करिब २० लाख खर्च भएको थियो ।

एमालेले महाधिवेशनका लागि साढे पााच करोड खर्चको अनुमान गरेकामा समय लम्बिएका कारण रकम साढे छ करोड पुग्ने अनुमान गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us