ट्रान्सफर्मर चोरको बिगबिगी

काठमाण्डु टुडे २०७१ असार २९ गते ९:०१ मा प्रकाशित

महोत्तरी, २९ असार – सदरमुकाम जलेश्वर र वरिपरिका गाउँमा अहिले विद्युत् ट्रान्सफर्मर चोरको बिगबिगी बढेको छ ।

विगत दुई साताभित्र मात्रै जलेश्वर नगरपालिका क्षेत्रभित्र दुई र वरिपरिका गाउँमा तीन गरी पाँचवटा विद्युत् ट्रान्सफर्मर चोरी भएको छ ।

चोरहरुले जलेश्वर नगरपालिका–८ रतबारा, वडा नं. १२ मलिवारा, बनौली–६, सहोडवा–८ र सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागर नजिकैबाट दुई साताभित्रमा पाँचवटा विद्युत् ट्रान्सफर्मर चोरेर लगेको प्रहरीले जनाएको छ ।

विद्युत् ट्रान्सफर्मरका क्वाइल र त्यसभित्रका तेल महँगो दाममा बिक्री हुने गरेकाले चोरहरुले लाखौँ मूल्य पर्ने ट्रान्सफर्मरमा आँखा लगाएका हुन् । चोरहरुले रातिको बेला बत्ती कटेको समयमा पाँचवटै स्थानबाट ट्रान्सफर्मर चोरेर लगेका छन् ।

जिल्लाका विभिन्न पाँचवटा ठाउँबाट दुई साताभित्र विद्युत् ट्रान्सफर्मर चोरी भएपछि ती स्थानका हजाराँै जनता अँध्यारोमा बस्न बाध्य भएका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us