समाचार

घूस लिँदालिँदै एलडिओ पक्राउ

२०७१ असार ३० गते ५:५५

रौतहट, ३० असार– जिल्ला विकास समिति रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारी घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । भण्डारीलाई सेवाग्राहीबाट घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्रेको हो । अख्तियार टोलीले उनको साथबाट घूस लिएको १ लाख २० हजार रकमसमेत...

सवारी दुर्घटनामा चार जनाको मृत्यु

२०७१ असार ३० गते ५:१२

सप्तरी, ३० असार– पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ खरचुहियाँमा सडकछेउमा रोकिराखेको ट्रकमा मोटरासइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । गएराति ११ बजेको समयमा खरचुहियाँबाट कल्याणपुरतर्फ आउँदै गरेको स २ प ६८२८ नम्बरको मोटरसाइकल सडकछेउमा रोकिरहेको ना २ ख ९००४ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा...

नेपालका विषालु सर्पको भारतमा तस्करी

२०७१ असार ३० गते ५:०४

कञ्चनपुर, ३० असार– जिल्लामा विषालु सर्पको तस्करी बढ्न थालेको छ । भारतीय सपेराहरुले विषालु सर्प समातेर लग्न थालेपछि गोमन, करेत, गरौचा, लम्बा लगायतका सर्पका प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । भारतबाट परिवारसहित समूहसमूहमा आउने गरेका फिरन्ते बन्जारा (कन्जड) ले यहााका वन, नदी, तलाउ र...

माधव नेपालको २३ भोट हराएपछि खैलाबैला

२०७१ असार ३० गते ४:५३

काठमाण्डु, ३० असार– नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न मतदानमा केही मतपत्रमा अध्यक्षका प्रत्यासी माधवकुमार नेपाल र केपी ओली दुवैलाई भोट नहानेको पाइयो । आइतबार ४२२ मतगणना सकिंदा २३ वटा मतपत्र अध्यक्षमा कतै पनि भोट नहालेको पाइएपछि एमालेभित्र उक्त विययले हल्लाखल्ला...

माधव नेपाल समूह भन्छ, ‘सुरुमा पछि परे पनि जित्ने हामीले नै हो’

२०७१ असार ३० गते ४:४०

काठमाण्डु, ३० असार– एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा पछि परेको माधवकुमार नेपाल समूहले आफ्नो जित निश्चित भएको दाबी गरेको छ । आइतबार ओली पक्ष बलियो रहेको स्थानको मतगणना भएकाले सो पक्षको अग्रता स्वभाविक भएको नेपाल समूहको दाबी छ । नेपाल...

स्थगित भएको एमाले मतगणना सुचारु

२०७१ असार ३० गते ४:३९

काठमाण्डु, ३० असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना फेरि सुरु भएको छ । आइतबार राति अबेर स्थगित भएको मतगणना आज बिहानबाट सुचारु भएको हो । मतगणना त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा जारी छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको...

सभासदलाई पैसा दिइएकामा पूर्व गाविस अध्यक्षहरुको आपत्ति

२०७१ असार ३० गते ३:३३

काठमाण्डु, ३० असार– गाविस राष्ट्रिय महासंघले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा संसद् सदस्यहरुमार्फत कार्यक्रम सञ्चालन गर्ने भन्ने कुराको विरोध गरेको छ । महासंघको आइतबार सम्पन्न आकस्मिक बैठकपछि अध्यक्ष महिन लिम्बू र महासचिव भीमप्रसाद ढुङ्गानाद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा यस किसिमबाट बजेट विनियोजन स्थानीय...

नेपालको क्षेत्रफल नौ सय वर्ग किमी घट्यो

२०७१ असार ३० गते १:१९

काठमाण्डु, ३० असार– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपालको साविकको क्षेत्रफलमा कम्तीमा ९०० वर्ग किलोमिटर घटेको आशङ्का गरेको छ । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा मोर्चाले परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै नेपाल–भारत सीमा सर्वेक्षणसम्बन्धी स्ट्रिप म्याप (हालको नयाँ नक्सा) मा नेपाली भू–भाग भारततिर पारिएको आशङ्का...

ओलीको अग्रता कायमै, अधिकांश पदमा ओली पक्ष अगाडि

२०७१ असार २९ गते १३:१५

काठमाण्डु, ३० असार– नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा केपी शर्मा ओलीको प्यानलले अग्रता लिएको छ । १४ सदस्यीय पदाधिकारीमध्ये अधिकांश सोही प्यालनमा उम्मेदवार अगाडि छन् । आइतबार रातिसम्म ४२२ मत गणना भएकामा अध्यक्षमा ओली अर्का प्रत्यासी माधवकुमार नेपालभन्दा ५१...

अधिकांश पूरानै कार्यक्रम समेटर ६ खर्ब १८ अर्बकाे बजेट सार्वजनिक (पूर्ण पाठसहित)

२०७१ असार २९ गते १३:१५

काठमाण्डु– सरकारले आगामी आर्थिक वर्ष २०७१/७२ का लागि ६ खर्ब १८ अंर्ब १० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री रामशरण महतले व्यवस्थापिका–संसदमा आइतबार आगामी आर्थिक वर्षका लागि ६ खर्ब १८ अंर्ब १० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । गणतन्त्र...

पहिरोमा ६ को मृत्यु

२०७१ असार २९ गते १२:५९

चौतारा, २९ असार – अविरल वर्षासँगै गए राति छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी ६ को मृत्यु भएको छ । मृत्यु हुनेमा चौतारा नगरपालिका–१ पिपलडाँडाका ५० वर्षीय नन्दलाल अधिकारी, ४० वर्षीया सावित्री अधिकारी र सानैदेखि काम गर्न बसेका ठेगाना नखुलेका ४० वर्षीय रामबहादुर थिङ रहेको...

करेन्ट लागेर बालकको मृत्यु

२०७१ असार २९ गते १२:३६

गौशाला, २९ असार – करेन्ट लागेर आज दिउँसो महोत्तरी जिल्लाको खुट्टापिपराढी गाविसमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खुट्टापिपराढी गाविस–२ बस्ने रामरतन यादवका १६ वर्षीय छोरा लक्ष्मी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घरमा जडान गरिएको बिजुली बिग्रेको बेला...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us