माधव नेपालको २३ भोट हराएपछि खैलाबैला

काठमाण्डु टुडे २०७१ असार ३० गते ४:५३ मा प्रकाशित

काठमाण्डु, ३० असार– नेकपा एमालेको नवौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शुक्रबार सम्पन्न मतदानमा केही मतपत्रमा अध्यक्षका प्रत्यासी माधवकुमार madhav 3नेपाल र केपी ओली दुवैलाई भोट नहानेको पाइयो ।
आइतबार ४२२ मतगणना सकिंदा २३ वटा मतपत्र अध्यक्षमा कतै पनि भोट नहालेको पाइएपछि एमालेभित्र उक्त विययले हल्लाखल्ला मच्चिएको छ ।

मतपत्र खाली राख्ने ती प्रतिनिधि को थिए भन्नेबारेमा दुवै समूहले आन्तरिक छानबिन थालेका छन् । मतगणनाको प्रारम्भिक परिणममा ओलीभन्दा पछाडि परेको नेपाल समूहले आफ्नै पक्षका असन्तुष्टले भोट नहालेको निष्कर्ष निकालेको छ ।

हुन पनि मतपरिणामलाई सुक्ष्म ढंगले केलाउँदा नेपाल पक्षको दाबीलाई गलत भन्ने ठाउँ छैन । पदाधिकारीमा आफ्नै समूहका अन्यको तुलनामा सबैभन्दा कम मत पाउने नेपाल नै छन् । सो प्यालनका सचिव उम्मेदवार गोकर्ण विष्टले सबैभन्दा धेरै २२९ मत ल्याएका छन् ।

नेपालको भने १७३ मत मात्रै छ । नेपाल प्यानलका उपाध्यक्ष उम्मेदवार अष्टलक्ष्मी शाक्यले १९५, भीम रावल १८३, राजेन्द्र पाण्डेले १७९, युवराज ज्ञवालीले १७७ र लालबाबु पण्डितले १७४ मत ल्याएका छन् ।

यस्तै सचिवमा भीम आचार्यले १९०, पर्शुराम मेघी गुरुङले १९०, योगेश भट्टराईले १८९ बेदुराम भुसालले १६६ मत ल्याएका छन् । ‘भोट नहाल्ने २३ जना पक्कै हाम्रै प्यालनका हुन्’, नेपाल पक्षका केन्द्रीय सदस्यका उम्मेदवार इन्द्रलाल सापकोटाले काठमाण्डु टुडेसँग भने ।

ओली पक्षले नै ३५ देखि ४० भोटले अगाडि हुने प्रक्षेपण गरेको ठाउँमा ५१ ले जितेपछि नेपाल समूह आत्तिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us