माधव नेपाल समूह भन्छ, ‘सुरुमा पछि परे पनि जित्ने हामीले नै हो’

काठमाण्डु टुडे २०७१ असार ३० गते ४:४० मा प्रकाशित

काठमाण्डु, ३० असार– एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा पछि परेको माधवकुमार नेपाल समूहले आफ्नो जित निश्चित yogeshभएको दाबी गरेको छ ।
आइतबार ओली पक्ष बलियो रहेको स्थानको मतगणना भएकाले सो पक्षको अग्रता स्वभाविक भएको नेपाल समूहको दाबी छ । नेपाल प्यालनबाट सचिव पदका उम्मेदवार रहेका युवा नेता योगेश भट्टराईले आफ्नो समूह निर्वाचित हुनेमा कुनै शंका नरहेको बताए ।

उनले सुरुआती परिणामका आधारमा हतास र निराश नहुन पनि कार्यकर्तालाई आग्रह गरे । ‘उहाँहरु बलियो रहेको स्थानमा पहिला मतगणना भएको हो’, भट्टराईले भने, ‘हाम्रो जित निश्चित छ, पहिलो चरणको परिणामबाट कोही हतास र निराश हुनुपर्ने अवस्था छैन । उनले आइतबार केन्द्रीय निकाय, जनसंगठन , केन्द्रीय आयोग र केन्द्रीय सदस्यहरुको मतगणना भएको बताए ।

१९ औं महाधिवेशनको समूहगत छलफलका लागि ती निकायबाट दुई समूह बनाइएको थियो । दुवै समूहको नेतृत्व ओली पक्षका सूर्य थापा र महेश बस्नेतले गरेका थिए । निर्वाचनबाट समूह नेता छानिएको थियो । आइतबार रातिसम्म ४ सय २२ मत गणना हुँदा अध्यक्षका उम्मेदवार केपी ओली प्रत्यासी माधवकुमार नेपालभन्दा ५१ मतले अगाडि छन् । ओलीले २२४ र नेपालले १७३ मत पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us