घूस लिँदालिँदै एलडिओ पक्राउ

काठमाण्डु टुडे २०७१ असार ३० गते ५:५५ मा प्रकाशित

रौतहट, ३० असार– जिल्ला विकास समिति रौतहटका स्थानीय विकास अधिकारी वसन्तकुमार भण्डारी घूस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

भण्डारीलाई सेवाग्राहीबाट घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यकक्षबाटै पक्रेको हो । अख्तियार टोलीले उनको साथबाट घूस लिएको १ लाख २० हजार रकमसमेत बरामद गरेको छ । त्यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us