राजनीति

‘चुनावबाट गणतन्त्र र राजतन्त्रको छिनोफानो हुन्छ’

२०७० भदौ २८ गते ७:३९

विराटनगर, २८ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा निर्वाचनबाट गणतन्त्र वा राजतन्त्रबारे छिनोफानो हुने बताएका छन् । मोरङको विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताको चाहना विपरित राजतन्त्र फ्याँकिएको दावी गर्दै अबको चुनावले गणतन्त्रको भविष्य निर्धारण गर्ने बताए...

बहुला कुकुरले टोक्दा बाबुछोरीको मृत्यु

२०७० भदौ २८ गते ७:२०

जाजरकोट, २८ भदौ – बहुला कुकुरको टोकाइबाट जाजरकोटमा बाबुछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ढिमे गाविस–१ का ५५ वर्षीय बलबहादुर थापा र उनकी २२ वर्षीया छोरी हरिकला छन् । रेबिजविरुद्धको भ्याक्सिन नलगाउँदा उनीहरुको मृत्यु भएको हो । रेबिज लागेको कुकुरले ढिमे गाविसमा एक...

प्रशासनमा एमाओवादीको धर्ना,पश्चिम नेपालमा ३३ दलको बन्द

२०७० भदौ २८ गते ६:१२

 काठमाण्डु २८ भदौ–एकीकृत नेकपा माओवादीले कार्यकर्ता पक्राउको विरोधमा काठमाण्डु उपत्यकालगायत देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । द्वन्द्वकालका घटनामा आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज र पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै एमाओवादीले देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको हो । जिल्ला प्रशासन...

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै

२०७० भदौ २८ गते ३:१९

काठमाण्डु, २८ भदौ– राष्ट्रपति रामवरण यादवको अग्रसरतामा संविधानसभा निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ । बैठक अपराह्न २ बजे  शीतलनिवासमा बस्ने राष्ट्रपति कार्यालयले जनाएको छ । उच्चस्तरीय राजनीतिक समितिको निर्णयअनुसार सरकारले संविधानसभा सदस्य संख्या ६०१ बनाउने गरी संविधान संशोधन तयारी गरिरहेका बेला राष्ट्रपतिले...

वरिष्ठ गायक तीर्थबहादुर गन्धर्वको निधन

२०७० भदौ २८ गते २:३७

काठमाण्डु, २८ भदौ– वरिष्ठ लोकगायक तीर्थबहादुर गन्धर्वको ६० वर्षको उमेरमा निधन भएको छ । गन्धर्वको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा आज बिहान निधन भएको हो । गन्धर्व लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । तनहुँ चिसापानीका स्थायी बासिन्दा गन्धर्वले ३२ वर्षसम्म...

एमाओवादीका ६३ बर्षे नेता शेरचनले गरे विहे (फोटो फिचर सहित)

२०७० भदौ २८ गते १:३९

काठमाण्डु, २७ भदौ – एमाओवादीका नेता शशी शेरचन (स्वनाम साथी)ले ६३ वर्षको उमेरमा विवाह गरेका छन् त्यो पनि आफूभन्दा आधा उमेरकी किरण गौतमसँग । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विहीबार शेरचन र गौतमको विवाह भएको हो । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेताहरू डा.बाबुराम भट्टराईलगायत...

‘चुनावको सफलता नै कर्मचारीको सफलता’

२०७० भदौ २७ गते १३:५८

काठमाण्डु, २७ भदौ । अन्तरिम निर्वाचन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ को चुनाव सफलतावपूर्वक सम्पन्न पार्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छन् । चुनावलाई सरकारले सफल पारे कर्मचारी पनि सफल हुने उनको भनाई छ । यस वर्षको निजामती सेवा पुरस्कार वितरण समारोहलाई विहीबार सिंहदरबारमा...

माओवादीलाई खिलराज स्वीकार्र्य

२०७० भदौ २७ गते १२:३५

काठमाण्डु, २७ भदौ– मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिए नेकपा–माओवादी आगामी चुनावमा सहभागी हुन तयार भएको छ । उसले यथास्थितिको चुनावमा आफूहरु सहभागि नहुने स्पष्ट पारेको छ ।...

३३ दलीय मोर्चाको बन्दले जनजीवन प्रभावित (फोटो फिचर र ३३ दलीय मोर्चाको संशोधित कार्यक्रम सहित )

२०७० भदौ २७ गते १२:३५

काठमाण्डु, २७ भदौ – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबार आह्वान गरेको बन्दले काठमाण्डु उपत्यका र पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् । बन्दकर्ताले बौद्धमा एउटा कार तोडफोड गरेको...

टाढाको जोगी सिद्ध,गाउँको जोगी भातमारा

२०७० भदौ २७ गते १२:३४

काठमाण्डु २७ भदौ–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले ‘टाढाको जोगी सिद्ध,गाउँको जोगी भातमारा’को लोकोक्ति सम्झिएका छन । ‘त्यसैलाई पुष्टी गर्दै हालै श्रम बिभागले प्रकाशित गरेको एउटा रिपोर्टले काठमाण्डु उपत्यकाको अनौपचारिक श्रमबजारमा आधा जसो श्रमिक छिमेकी भारतबाट आउने गरेको तथ्य उदघाटन गरेको छ’भट्टराईले बिहिवार...

तीन दिन भन्दा बढी कुर्दैनौं : सापकोटा

२०७० भदौ २७ गते १२:३३

काठमाण्डु, २७ भदौ– एकीकृत नेकपा माओवादीले नेकपा–माओवादीलाई अबको तीन दिनभन्दा बढी पर्खेर बस्न नसक्ने स्पष्ट पारेको छ । मंसिर ४ को निर्वाचनको लागि मतपत्र छाप्ने लगायतका विषयमा समय घर्किदै गएकोले अब धेरै दिन पर्खेर बस्न सक्ने अवस्था नरहेको उसको तर्क छ । काठमाण्डुमा विहीबार...

माओवादीविनाको चुनाव औचित्यहिन : थापा

२०७० भदौ २७ गते १०:१५

विराटनगर, २७ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा–माओवादीको सहभागिताविनाको संविधानसभा चुनावको औचित्य नहुने बताएका छन् । उनले सरकार र उच्चस्तरीय समितिले नेकपा–माओवादीसँग वार्ता गरी निर्वाचनमा भाग लिने सहमति गर्नुपर्नेमा जोड दिए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us