‘चुनावको सफलता नै कर्मचारीको सफलता’

काठमाण्डु टुडे २०७० भदौ २७ गते १३:५८ मा प्रकाशित

Khil-raj-regmiकाठमाण्डु, २७ भदौ । अन्तरिम निर्वाचन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले मंसिर ४ को चुनाव सफलतावपूर्वक सम्पन्न पार्न सम्पूर्ण कर्मचारीलाई निर्देशन दिएका छन् । चुनावलाई सरकारले सफल पारे कर्मचारी पनि सफल हुने उनको भनाई छ ।

यस वर्षको निजामती सेवा पुरस्कार वितरण समारोहलाई विहीबार सिंहदरबारमा सम्बोधन गर्दै रेग्मीले यस्तो धारणा राखेका हुन् ।

उनले सार्वजनिक सेवालाई पारदर्शी एवम् जनउत्तरदायी बनाउनुपर्नेमासमेत जोड दिएका छन् । नागरिकमैत्री सेवा प्रवाह सरकारको चाहना भएकाले त्यसलाई पूरा गर्न उनले निजामती कर्मचारीलाई निर्देशन दिए । सूचना प्रविधिको अधिकतम उपयोग गर्दैै सेवा प्रवाहलाई अझ प्रभावकारी एवम् सहज बनाउन साधनस्रोतको खाँचो हुन नदिने प्रतिबद्धता अध्यक्ष रेग्मीले व्यक्त गरे ।

यसवर्षको उत्कृष्ट निजामती सेवा पुरस्कार काठमाण्डु उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us