
विराटनगर, २८ भदौ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संविधानसभा निर्वाचनबाट गणतन्त्र वा राजतन्त्रबारे छिनोफानो हुने बताएका छन् । मोरङको विराटनगरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनताको चाहना विपरित राजतन्त्र फ्याँकिएको दावी गर्दै अबको चुनावले गणतन्त्रको भविष्य निर्धारण गर्ने बताए ।
उनले आगामी मंसिर ४ गतेको निर्वाचन सार्न नहुनेमा समेत जोड दिए । अध्यक्ष थापाले भने, ‘निर्वाचनको विकल्प छैन, निर्वाचनको मिति सार्नु भनेको संविधानसभा निर्वाचनलाई अवरुद्ध पार्नु हो ।’
थापाले चार राजनीतिक शक्तिकै कारण मुलुकमा राष्ट्रियता संकटमा परेको साम्प्रदायिक सदभाव खल्बलिएको आरोप लगाए ।