माओवादीविनाको चुनाव औचित्यहिन : थापा

काठमाण्डु टुडे २०७० भदौ २७ गते १०:१५ मा प्रकाशित

Surya-Bahadur-Thapaविराटनगर, २७ भदौ–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नेकपा–माओवादीको सहभागिताविनाको संविधानसभा चुनावको औचित्य नहुने बताएका छन् । उनले सरकार र उच्चस्तरीय समितिले नेकपा–माओवादीसँग वार्ता गरी निर्वाचनमा भाग लिने सहमति गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले विहीबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले माओवादीसँग निष्कर्ष निकाल्ने गरी वार्ता गर्न सरकार र मुख्य राजनीतिक दललाई सुझाव दिए । ‘माओवादी विनाको निर्वाचनपश्चात् बन्ने संविधान ग्रहण लागेको जस्तो हुन्छ,’ उनले भने, ‘माओवादीलगायतका ३३ दलले निर्वाचनमा भाग नलिएमा यसबाट विश्वमा राम्रो सन्देश जाँदैन ।’ उनले पूर्व प्रधानमन्त्री थापाले चुनाव संविधान निर्माणका लागि हुनुपर्नेमा जोड दिँदै चुनावमा सबै दलको सहभागीता हुनुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ २ सय ४० वटै क्षेत्रमा उम्मेदवारी दिने र अत्यधिक संख्यामा विजयी हुने जिकीर समेत गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us