
काठमाण्डु २७ भदौ–एकीकृत माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले ‘टाढाको जोगी सिद्ध,गाउँको जोगी भातमारा’को लोकोक्ति सम्झिएका छन ।
‘त्यसैलाई पुष्टी गर्दै हालै श्रम बिभागले प्रकाशित गरेको एउटा रिपोर्टले काठमाण्डु उपत्यकाको अनौपचारिक श्रमबजारमा आधा जसो श्रमिक छिमेकी भारतबाट आउने गरेको तथ्य उदघाटन गरेको छ’भट्टराईले बिहिवार आफनो फेसबुक स्टाटसमा लेखेका छन‘नेपालबाट प्रतिदिन हजार बाह्रसय युवा श्रमिक रोजगारीको खोजीमा बिदेश पलायन हुने तर नेपालमा नै आवश्यक अर्धदक्ष श्रमिक बाहिरबाट ल्याउनु पर्ने कस्तो बिडम्बना ?’
भट्टराईले श्रम प्रति श्रद्धा गर्ने संस्कृतिको बिकास गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन । ‘निर्माण,कालीगढ,सिकर्मी,बिजुली जडान÷मर्मत,सिलाई आदि क्षेत्रमा कार्यरत ती श्रमिक प्रति महिना सात हजारदेखि एक लाखसम्म कमाइ गर्ने गरेकोबाट नेपालीले बिदेशमा कमाएको रकम खासै फरक देखिन्न’ भट्टराईले लेखेका छन‘ हामीले हाम्रो जनशक्तिलाई आवश्यक शिपमुलक तालिम दिने,देशभित्रै श्रम गर्न र स्वरोजगारमुलक व्यवसाय गर्न अभिप्रेरित गर्ने र श्रमप्रति घृणा होइन,श्रद्धा गर्ने संस्कृतिको बिकास गर्न ध्यान दिने हो कि?’
पार्टीको चुनावी घोषणापत्र तयार गर्न स्वदेश तथा बिदेशबाट बसेका नेपालीहरुसँग सुझाव लिइरहेका पूर्व प्रधानमन्त्री समेत रहेका डा भट्टराईको प्रतिक्रिया घोषणापत्रमा समेटिने अपेक्षा उनका फयानहरुले गरेका छन ।