३३ दलीय मोर्चाको बन्दले जनजीवन प्रभावित (फोटो फिचर र ३३ दलीय मोर्चाको संशोधित कार्यक्रम सहित )

काठमाण्डु टुडे २०७० भदौ २७ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, २७ भदौ – नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले विहीबार आह्वान गरेको बन्दले काठमाण्डु उपत्यका र पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सवारी साधन चलेका छैनन् भने बजार, पसल, शिक्षण संस्था पनि ठप्प छन् ।

bandaबन्दकर्ताले बौद्धमा एउटा कार तोडफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताहरु विहानैदेखि चोक चोकमा जम्मा भएर प्रदर्शन गरिरहेका छन् । वल्खु, कीर्तिपुरको पाँगा, फर्पिङ, कालीमाटी, कलंकी, बालाजु, गंगबु, बानीयाटार, चावहील, गौशाला, जोरपाटी, महाराजगंज, नयाँवानेश्वर, तिनकुने, जडिवुटी, रत्नपार्क, पुतलीसडक, कुपण्डोल, मुनीभैरव, एकान्तकुना, लगनखेल, सातदोवाटो, ग्वार्को लगाएतका स्थानमा बन्दकर्ताहरु जम्मा भई प्रदर्शन गरीरहेकाले उपत्यकाको सवारी आवामन प्रभावीत भएको छ । बन्दकै कारण बिभिन्न नाका हुदै उपत्यका भित्रीने र बाहिरीने लामो तथा छोटो दुरीका सवारी साधनहरु पनि प्रभावीत भएको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ ।

banda 1मोर्चाले काठमाण्डु उपत्यकासँगै पूर्वाञ्चलका इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, मोरङ, सुनसरीलगायत जिल्लाको जनजीवन पनि बन्दले प्रभावित भएको छ ।

चुनावी प्रकृयाप्रति असन्तुष्ट माओवादी नेतृत्वको मोर्चाले गोलमेच सम्मेलन गर्नुपर्ने, वर्तमान सरकार विघटन गरी दलीय सरकार गठन हुनुपर्ने लगायतका माग राख्दै बन्द आह्वान गरेको हो । banda 2गोलमेच सम्मेलन गर्ने अनौपचारिक सहमति भंग भएपछि मोर्चाले बन्द लगायत चरणबद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थियो । मोर्चाले बुधबार नै बन्द आह्वान गरे पनि साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल परेकाले बिहीबारका लागि सारेको हो ।

सर्बसाधारणले गरे बन्दको प्रतिकार

चुनावी प्रकृयाप्रति असन्तुष्ट नेकपा–माओवादी नेतृत्वको मोर्चाले विहीबार गरेको बन्दको सर्बसाधारणले प्रतिकार गरेका छन् । दल विशेषको स्वार्थले गरिएको बन्दले मर्का परेको भन्दै सर्वसाधारणले प्रतिकार गरेका हुन् ।

काठमाण्डु थापाथलीका सर्बसाधारणले ‘पसल खोलौं, गाडी चलाऔं’ भन्ने नारा लगाउँदै र्याली निकालेका छन् । उनीहरुले बन्द सदाका लागि बन्द गर्न माग गर्दै सुन्धारासम्म र्याली निकालेका थिए । प्रतिकार र्याली थापाथलीबाट रत्नपार्क आउने क्रममा बन्द आह्वानकर्तासँग केहीबेर भनाभन भएको थियो ।

यसैगरी उदयपुरको बेल्टार बजारमा पनि काँग्रेस र एमाले कार्यकर्ताले बन्दको प्रतिकार गरेका छन् । उनीहरुले बन्दको विरोधमा मोटरसाइकल चलाएर बजार परिक्रमा गरेका थिए । स्थानीयको सहभागीतामा बन्दको प्रतिकार गरेपछि बजार खोलिएको छ ।

बन्दकर्ताले काठमाण्डौंको बौद्ध र महाराजगन्जमा दुईवटा ट्याक्सी तथा एउटा बस तोडफोड गरेका छन् । प्रहरीले महाराजगन्ज र ललितपुरको लगनखेलबाट तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।
गोलमेच सम्मेलन लगायतका माग राख्दै माओवादी नेतृत्वको मोर्चाले विहीबार काठमाडौं उपत्यका र पूर्वी नेपालका जिल्लामा बन्द आह्वान गरेको हो । बेलुकी पाँच बजेबाट बन्द खुलेसँगै जनजीवन सामान्य बन्दै गएको छ ।

३३ दलीय मोर्चाको आन्दोलनको संशोधित कार्यक्रम

सबै जिल्लाहरुमा ३३ दलीय संयुक्त संयन्त्र अविलम्ब गठन गरी २४० वटा निर्वाचन क्षेत्रस्तरमा अभियान टोलीहरु बनाई प्रचार–प्रसार, चोकसभा, कोणसभा, घरदैलो, भित्तेलेखन लगायतका अभियानात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।

भदौ २७ गतेदेखि भदौ३१ गतेसम्म क्षेत्रगत बन्दका कार्यक्रमहरु सञ्चालन गर्ने । जसअनुसार,
ड्ड भदौ २६ गते बेलुका २७ गतेको बन्दको आह्वान गर्दै उपत्यकामा मोटरसाइकल ¥याली गर्ने ।
ड्ड भदौ २७ गते बिहीबार – उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) र पूर्वी क्षेत्र (इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी) ) बन्द गर्ने ।
ड्ड भदौ २८ गते शुक्रबार – सुदुर पश्चिम क्षेत्र (अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, सुर्खेत, जाजरकोट, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, दैलेख, कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ) बन्द गर्ने ।
ड्ड भदौ ३० गते आइतबार – पूर्वी तराई (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट) र मध्य पहाड (सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, रसुवा, धादिङ, चितवन र मकवानपुर) बन्द गर्ने ।
ड्ड भदौ ३१ गते सोमबार – मध्य पश्चिम (रुकुम, सल्यान, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, बाग्लुङ, म्याग्दी, गोरखा, लम्जुङ, मनाङ, मुस्ताङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, कपिलवस्तु, रुपन्देही र नवलपरासी ) बन्द गर्ने ।
ड्ड असोज १ गते मंगलबार –
द्द) मुख्य–मुख्य शहरहरुमा बृहत जनसभाहरु आयोजना गर्ने ।
ड्ड असोज २ गते बुधबार –लाहानर बुटवल
ड्ड असोज ३ गते बिहीबार – चितवन र इटहरी
ड्ड असोज ४ गते शुक्रबार – बिरगञ्ज र धनगढी
ड्ड असोज ७ गते सोमबार – काठमाडौं र पोखरा
घ) असोज ९ र १० गते नेपाल बन्द गर्ने । क्षेत्रगत बन्द तथा नेपाल बन्द गर्दा बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात सम्पूर्ण रुपले बन्द हुनेछ ।
(बजारतर्फ औषधी पसलहरु भने खुला रहनेछ । यातायात तर्फ हस्पिटलका गाडी, एम्बुलेन्स, रेडक्रसका गाडी, शव वाहन, फोहोर बोक्ने गाडी, पानी बोक्ने गाडी, प्रेस र मानव अधिकारका गाडी र कूटनैतिक नियोगका गाडीहरु भने खुला रहनेछन् ।)
द्ध) क्षेत्रगत बन्द तथा नेपाल बन्दको अघिल्लो दिन साझ सबै शहर तथा जिल्ला सदरमुकामहरुमा बन्दको लागि आह्वान गर्दै सिट्ठी जुलुश प्रदर्शन गर्ने ।
(नोट– असोज ११ देखि मंसिर ४ सम्मको थप कार्यक्रम पछि जारी हुनेछ ।)

मिति– २०७० भदौ १९

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us